सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बाढी प्रभावित क्षेत्रमा सम्भावित सङ्क्रामक रोग फैलिन नदिन विशेष निगरानी

२०८३ भाद्र १६, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १६ भदौ : सरकारले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा सम्भावित सङ्क्रामक रोगहरू फैलिन नदिन विशेष निगरानी र प्रतिकार्यका गतिविधिलाई तीव्रता दिएको छ । स्वास्थ्य तथा स्वच्छता मन्त्रालयका सहसचिव हेमन्तचन्द्र ओझाका अनुसार मन्त्रालयको स्वास्थ्य सङ्कटकाल तथा विपद् व्यवस्थापन एकाइ र स्वास्थ्य आपतकालीनकार्य सञ्चालन केन्द्रले प्रभावित क्षेत्रमा सङ्क्रामक रोग नियन्त्रण तथा स्वास्थ्य प्रतिकार्यको नेतृत्व गरिरहेका छन् ।

“बाढी प्रभावित क्षेत्रमा सङ्क्रामक रोगको प्रकोप रोकथामका लागि मन्त्रालयले विपद्–पश्चात् सरुवा रोग निगरानी तथा प्रतिकार्य योजना स्वीकृत गरिसकेको छ, उक्त योजनालाई प्रभावकारी रूपमा लागू गर्न प्रदेश तथा जिल्ला तहका सम्बन्धित स्वास्थ्य अधिकारीलाई आवश्यक अभिमुखीकरणसमेत प्रदान गरिएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार विपद्को दोस्रो दिनमै चिकित्सकको कमाण्डमा विशेष स्वास्थ्य टोली रसुवा र नुवाकोट जिल्लाहरूमा परिचालन गरिएको थियो ।

उहाँका अनुसार सङ्क्रामक रोगको निगरानी र नियन्त्रणलाई प्रभावकारी बनाउन निगरानी प्रमुखको नेतृत्वमा ‘फिल्ड इपिडेमोलोजी ट्रेनिङ प्रोग्राम’ बाट प्रशिक्षित दुई जना जनशक्तिसहितको दुईवटा विशेष टोली रसुवा र नुवाकोटमा खटाइएको छ । यसका साथै, विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा थप दुई जना मेडिकल निगरानी अधिकारी परिचालन गरेको छ । साथै, युनिसेफसँगको सहकार्यमा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी गतिविधिहरूको समीक्षा गरी आवश्यक रोकथामका कार्यहरू अघि बढाइएको उहाँको भनाइ छ ।

बाढी प्रभावित क्षेत्रहरूमा ज्वरो तथा झाडापखालाजन्य रोगहरूको नियमित र कडा अनुगमन गर्न ‘निगरानी, प्रकोप प्रतिकार्य व्यवस्थापन तथा विश्लेषण प्रणाली–सोरमास’ सञ्चालनमा ल्याइएको छ । यस्तै, र्‍यापिड रेस्पोन्स कमिटीको बैठक बसी परिस्थितिको निरन्तर आकलन भइसकेको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले प्रभावित क्षेत्रमा सङ्क्रामक रोग नियन्त्रणका अतिरिक्त अन्य अत्यावश्यक स्वास्थ्य सेवाहरू जस्तै १०२ वटा एम्बुलेन्सहरूको परिचालन, मानसिक स्वास्थ्य परामर्शका लागि ३० जना स्वास्थ्यकर्मीको टोली परिचालित भएको मन्त्रालयले जनाएको छ । साथै, प्रभावित क्षेत्रमा गएर सेनाले स्वास्थ्य सतर्कता अपनाउन माइकिङ गर्दै सचेतना गराइरहेको छ । यसैगरी राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रले स्वास्थ्य सुरक्षासम्बन्धी जनचेतनामूलक सूचना प्रवाह गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित