सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा

२०८३ भाद्र २७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

त्रिशूली (नुवाकोट), २७ भदौः भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच श्ययाको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ ।

May be an image of one or more people, slow loris and textत्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो ।

अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै घण्टा आकस्मिक सेवासहित बहिरङ्ग (ओपिडी), वार्ड, प्रयोगशाला, औषधिलगायत सुविधा आमसर्वसाधारणले निःशुल्क पाउने व्यवस्था मिलाएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भोटेकोशी हुँदा त्रिशूली नदीमा आएको बाढीका कारण मानवीय र पशुचौपाय क्षतिपश्चात् फैलनसक्ने सङ्क्रमणजन्य रोग नियन्त्रणलाई केन्द्रित गर्दै फिल्ड अस्पताल सञ्चालनमा ल्याइएको हो ।

“बाढीपछि उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै स्वास्थ्य उपचारका लागि प्रहरीले विशेषज्ञ जनशक्ति, आवश्यक यन्त्र-उपकरणसहित औषधि सेवा निःशुल्क उपलब्ध गराएको छ”, प्रहरी नायब महानिरीक्षक पौडेलले भन्नुभयो, “बाढीले पुल बगाएकाले त्रिशूली अस्पतालको सेवा लिन रसुवा, नुवाकोट तथा त्रिशूलीका बासिन्दालाई कठिनाइ भइरहेको छ । स्वास्थ्यमा सानो समस्या देखिए उपचार गराउन अन्यत्र जिल्ला जानुपर्ने बाध्यता बनेकाले विशेषज्ञसहितको सेवा उपलब्ध गराउन विदुरमा फिल्ड अस्पताल सञ्चालन गरिएको हो ।”

May be an image of ‎one or more people and ‎text that says '‎नेपाल नेपालप्रहारी प्रहरी असपताल महाराजज काडमाडी मोटेकोशी गदीमा आएटको मिवा हराईरहेका मागरिकहर परिक्षणको ला BLOOD SAMPLE COLLE โึะ 向法 유:금o จิบะ3/ اجه 2 18S3 EE‎'‎‎विपद्पछिको अवस्था (पोष्ट डिजास्टर म्यानेजमेन्ट)मा सरुवाजन्य रोगको सङ्क्रमणको जोखिम उच्च रहेकाले सावधानी अपनाउन अपिल गरिएको छ । त्यस्तै, मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई पहिचान गरेर उपचार गर्नु प्रमुख चुनौती भएकाले मनोपरामर्शसहितको स्वास्थ्य सेवालाई प्रहरीको फिल्ड अस्पतालले प्राथमिकता दिएको छ ।

होल्डिङ सेन्टरको बसाइँमा फरक-फरक बस्तीका बासिन्दा एकैठाउँमा भेला हुँदा रोगको सक्रमण फैलन सक्ने भएकाले सावधानी अपनाउनका लागि स्वास्थ्यकर्मीमार्फत सचेत गराउँदै आइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एवं प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार शव र सिनुको दुर्गन्ध, प्रदूषित पानी, प्रतिकूल मौसमका कारण हैजा फैलने जोखिम रहेकाले त्यसलाई केन्द्रित गरेर प्रहरीको फिल्ड अस्पतालमा विशेषज्ञ चिकित्सक र आवश्यक औषधि उपलब्ध गराइएको छ ।

“विपत्पश्चात्को समयमा प्रभावितलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या प्रमुख चुनौती मानिन्छ”, प्रहरी उपरीक्षक रेग्मीले भन्नुभयो, “स्वास्थ्यसम्बन्धी देखिएका शारीरिक समस्या मात्र नभई उनीहरुको मानसिक अवस्थामा पुगेको अज्ञात प्रभावलाई नजिकबाट बुझेर समस्यालाई समाधान गराउन अस्पतालले जोड दिनेछ ।”

May be an image of one or more people and text that says 'नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडी भोटेकोशी नदीमा आएको मिषण बादीमा हराईरहेका नागरिकहरुको DNA परीक्षणको लागि BLOOD SAMPLE COLLECTION मिात: ನెಂಡಟ/ 成 /9 ។ធ गतेदेबि'भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कारण हराइरहेका व्यक्ति तथा भेट्टिएका बेवारिसे शव पहिचान गर्न प्रहरीले फिल्ड अस्पतालको परिसरमा डिएनए परीक्षण सेवा पनि सञ्चालनमा ल्याएको छ । बाढीमा परेर हराएका व्यक्तिको परिवारको सदस्यको नमूना सङ्कलन गर्न नेपाल प्रहरीले यसअघि काठमाडौँ पुग्नुपर्ने बाध्यता हटाई विदुरमा सम्पर्क केन्द्र सञ्चालनमा ल्याएको हो । बाढीमा परेर परिवारका सदस्य हराइरहेको भएमा डिएनए उपलब्ध गराउन सम्बन्धित परिवारलाई प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यकः मन्त्री मेहता

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार