सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सेती प्रादेशिक अस्पतालमा असोज १ देखि विस्तारित सेवा सञ्चालन हुने

२०८३ भाद्र २७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीले आगामी असोज १ गतेदेखि विस्तारित अस्पताल सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालले विस्तारित सेवाअन्तर्गत ओपीडी नाम दर्ता तथा सेवा लिने समयसम्बन्धी सूचना प्रकाशित गरी जानकारी दिएको हो।

प्रशासनका अनुसार आइतबार तथा अन्य सार्वजनिक बिदाका दिन बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म ओपीडी नाम दर्ता गर्न सकिनेछ।

त्यस्तै, सोमबारदेखि शुक्रबारसम्म विस्तारित अस्पताल सेवाका लागि दुईवटा समय निर्धारण गरिएको छ। माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म बेलुकी ५ बजेदेखि ६ बजेसम्म तथा कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बेलुकी ४ बजेदेखि ५ बजेसम्म ओपीडी नाम दर्ता गर्न सकिने अस्पतालले जनाएको छ।

शनिबार विस्तारित अस्पताल सेवा बन्द रहनेछ।

अस्पतालले विस्तारित अस्पताल सेवाको शुल्कसम्बन्धी व्यवस्था स्वीकृत कार्यविधिअनुसार हुने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यकः मन्त्री मेहता

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार