सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बुर्तिबाङ अस्पतालमा हाडजोर्नी तथा नशा रोग सम्बन्धी शल्यक्रिया

२०८३ भाद्र २९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बागलुङ, २९ भदौः स्तरोन्नतिकै चरणमा रहेको बागलुङको बुर्तिबाङ प्रादेशिक अस्पतालमा जटिल शल्यक्रिया हुन थालेको छ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको बुर्तिबाङ प्रादेशिक अस्पतालमा हाडजोर्नी तथा नशा रोगसम्बन्धी शल्यक्रिया हुन थालेको छ ।

अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाको दायरा विस्तार गर्ने क्रममा हाडजोर्नी तथा ट्रमासम्बन्धी शल्यक्रिया सफल भएपछि स्थानीयवासीलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा अविनाश पोखरेलले बताउनुभयो ।

अस्पतालमा शनिबार एकै दिन तीन बिरामीको सफल शल्यक्रिया गरिएको थियो । जसमा स्थानीय ४७ वर्षीया महिलाको दाहिने खुट्टाको गोलीगाँठोको हड्डी भाँचिएको समस्या, ४० वर्षीया महिलाको दाहिने हातको नसा च्यापिएको समस्या र १७ वर्षीया महिलाको दाहिने हातमा रहेको गाँठो (सिस्ट) को शल्यक्रिया गरिएको मेडिकल सुपरिटेन्डेन डा पोखरेलले जानकारी दिनु भयो ।

अस्तालका डा अविशेक चौहानको नेतृत्वमा डा दिनेश थापा र डा सुरज नेपालीसहितको स्वास्थ्यकर्मी समूहले सफल शल्यक्रिया गरेको मेसु पोखरेलले जानकारी दिनुभयो । ४७ वर्षीया महिलाको दाहिने खुट्टाको गोलीगाँठोमा भाँचिएको हड्डीलाई प्रविधिबाट पाता तथा स्क्रूको प्रयोग गरी जोडिएको थियो ।

त्यस्तै, ४० वर्षीया महिलाको दाहिने हातमा रहेकोे समस्याका लागि नसामा परेको दबाब हटाउने शल्यक्रिया गरिएको हो ।

त्यसैगरी, १७ वर्षीया महिलाको दाहिने हातमा रहेको गाँठो÷गिल्टीलाई शल्यक्रियामार्फत निकालिएको अस्पतालले जनाएको छ । अस्पतालमा हाडजोर्नी तथा ट्रमासम्बन्धी जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुनुलाई अस्पतालको सेवा विस्तारमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

पश्चिम बागलुङ तथा आसपासका ग्रामीण क्षेत्रका नागरिकले हाडजोर्नी र नसासम्बन्धी उपचारका लागि टाढाका ठूला अस्पतालमा जानुपर्ने अवस्थालाई केही हदसम्म कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यकः मन्त्री मेहता

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार