सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

२०८३ असोज ९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कर्णाली, ९ असोजः सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । दार्मा, कुमाख र कालीमाटी गाउँपालिका तथा बागचौर नगरपालिकाका स्वास्थ्य शाखाले असोज ७, ८ र ९ गते सञ्चालन गरेको स्क्रबटाइफस स्वास्थ्य खोजपड्तालसम्बन्धीको शिविरमा ८८ जनामा सङ्क्रमण देखिएको हो ।

तीन स्थानीय तहमध्ये दार्मा गाउँपालिकामा सबैभन्दा बढी ५४ जनामा उक्त रोगको सङ्क्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले राससलाई जानकारी दिनुभयो ।

रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “दार्मा गाउँपालिका–१ मा १६० जनाको जाँच गर्दा ३७ र वडा नं ५ मा १८१ जनाको स्वास्थ्य परीक्षण गर्दा १७ जनमा सङ्क्रमण भेटिएको छ । कुमाख गाउँपालिका–४ मा सात जनाको परीक्षणमा एक पुरुष, वडा नं ६ मा ५३ मध्ये छ र वडा ७ मा ३८ जनाको परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखियो ।”

जनस्वास्थ्य अधिकृत रिजालका अनुसार कालीमाटी गाउँपालिका–४ धुरचौरमा २१ जनाको स्वास्थ्य परीक्षण गर्दा एक महिला र एक पुरुषमा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएको पाइएको छ । बागचौर नगरपालिका–४ मा १११ जनाको जाँच गर्दा १० जना महिला सङ्क्रमित भेटिएका जनस्वास्थ्य अधिकृत रिजालले जानकारी दिनुभयो ।

रोग फैलिँदै गएको र त्यसमा सङ्क्रमणको अवस्था भयावह बन्दै गएपछि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले यसअघि करिब ८०० थान कीटसहित आवश्यक औषधि पठाइसकेको उक्त निर्देशनालयका निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आज प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट थप ४५० कीट स्वास्थ्य परीक्षणका लागि पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित