सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपाल टेलिकमले ल्यायो सेट–टप बक्सबिनै एनटीटिभी चलाउन सकिने सुविधा

२०८३ असोज १५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको टेलिभिजन सेवा ‘एनटीटिभी’  का स्मार्ट टिभी प्रयोगकर्ताहरूका लागि सेट-टप बक्सबिनै सेवा प्रयोग गर्न सकिने गरी ‘भर्चुअल सेट-टप बक्स’ उपलब्ध गराएको छ। कम्पनीले असोज १५ गते (बिहीबार) देखि हालका लागि एन्ड्रोइड टिभीका प्रयोगकर्ताहरूलाई लक्षित गर्दै यो नयाँ प्रविधि सञ्चालनमा ल्याएको हो।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार ग्राहकहरूले आफ्नो एन्ड्रोइडमा आधारित स्मार्ट टिभीको गुगल प्लेस्टोरमा गएर ‘स्मार्ट एनटीटिभी’  सर्च गरी इन्स्टल गरेर सजिलैसँग यो भर्चुअल सेट-टप बक्स प्रयोग गर्न सक्नेछन्।

निकट भविष्यमै सबै प्रकारका स्मार्ट टिभीहरूमा प्रयोग गर्न मिल्ने गरी भर्चुअल सेट-टप बक्स सञ्चालनमा ल्याउने तयारी भइरहेको र यो सेवालाई थप ग्राहकद्वैत्री हुने गरी विकास गरिएको कम्पनीले जनाएको छ।

टेलिकमले नयाँ प्याकेज लिने ग्राहकका लागि विशेष सुविधाको व्यवस्थासमेत गरेको छ। भर्चुअल सेट-टप बक्ससहितको नयाँ प्याकेज खरिद गर्ने ग्राहकलाई एक हजार रुपैयाँ छुट उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।

नेपाल टेलिकमले एनटी फाइबर प्रविधिमार्फत एउटै तारबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा एकीकृत रूपमा प्रदान गर्दै आएको छ। भर्चुअल सेट-टप बक्ससहितको टेलिभिजन प्रयोगका लागि कम्पनीले विभिन्न विकल्प र प्याकेजहरू उपलब्ध गराएको छ, जसअन्तर्गत वार्षिक तथा दुई वर्षको प्याकेज लिने ग्राहकका लागि मोबाइल डाटाको सेवासमेत समावेश गरिएको छ। यस सेवासम्बन्धी विस्तृत जानकारी नेपाल टेलिकमको आधिकारिक वेबसाइट तथा ‘नेपाल टेलिकम’ एपमार्फत प्राप्त गर्न सकिने प्रवक्ता लामिछानेले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने