सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

२०८३ असोज २१, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २१ असोज : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र वर्षाका कारण प्रभावित भएको छ ।

आजको बन्दसत्रमा विभिन्न चार प्रस्ताव तथा प्रतिवेदनमाथि भई पारित गर्ने कार्यक्रम भएकामा अचानक आएको हावाहुरी र वर्षाका कारण बन्दसत्र प्रभावित भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताउनुभयो ।

सभापति गगनकुमार थापाले प्रस्तुत गर्नुभएको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सङ्गठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ ।

बिहान १०ः३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्रलाई खाजा समयपछि गर्ने भनी ११ः३० बजेदेखि सुरु गर्ने तयारी भएको थियो । तर, यसबीच अचानक हावाहुरीसहितको ठूलो वर्षा भएसँगै बन्दसत्र प्रभावित भएको हो ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत यही असोज १८ गते खुलामञ्चमा विशेष कार्यक्रमसहित उद्घाटन भई अहिले सोही स्थानमा बन्दसत्र जारी छ ।

आमसञ्चारकर्मीलाई समेत प्रवेश दिइने आजको बन्दसत्रमा उल्लिखित चार प्रस्ताव तथा प्रतिवेदनमाथि छलफल भई पारित गर्ने गर्ने तयारी रहेको छ । खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्दसत्रमा प्रवेश खुला गरिएको प्रवक्ता चालिसेले बताउनुभयो । उहाँका अनुसार यसअघि सम्पन्न विशेष महाधिवेशनमा पनि बन्दसत्र सबैका लागि खुला गरिएको थियो ।

प्रवक्ता चालिसेले बन्द सत्रको ‘लाइभ’ कांग्रेसको फेसबुक पेजबाट पनि प्रसारण गरिने भएको जानकारी दिनुभयो । साथै अन्य मिडियाहरूले समेत बन्दसत्रलाई प्रत्यक्ष प्रसारण गर्न पााउनेछन् ।

सभापति थापाले सम्बोधन गर्नुहने

बन्दसत्रको आजको कार्यक्रमपछि पार्टी सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभापतिको सम्बोधनसँगै बन्दसत्रको छलफल औपचारिक रूपमा टुङ्ग्याउने तयारी कांग्रेसले गरेको छ ।

महाधिवेशनअन्तर्गतका विभिन्न सत्रमा पार्टीको आगामी कार्यदिशा र सङ्गठनात्मक संरचनाका विषयमा छलफल भइरहेको छ । बन्दसत्रबाट राजनीतिक, सङ्गठनात्मक र आर्थिक प्रतिवेदन पारित भएपछि कांग्रेस महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्ने प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

‘विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : नेपाली सेना

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी