सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

झापाको आगलागी नियन्त्रणमा नेपाली सेनाको सक्रियता, ठूलो क्षति हुनबाट थप घर जोगाइए

२०८३ असोज २२, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भद्रपुर, झापा | झापाको प्रमुख व्यापारिक सहर बिर्तामोडमा हिजाे बुधबार दिउँसो भीषण आगलागी भएको छ। आगलागीबाट करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–४ भद्रपुर रोडस्थित अन्नपूर्ण चोकमा रहेको देवी सुब्बाको तीनतले पक्की घरको भुइँतलाबाट आगो सुरु भएको थियो। उक्त भुइँतलामा उहाँका भाइ हर्कजङ्ग सुब्बाले ‘देवी उड्न फर्निचर पसल’ सञ्चालन गर्दै आएका थिए।

उक्त घरबाट सल्किएको आगोले नजिकै जोडिएको कृष्णकुमारी राईको घरमा दिव्याश्री अग्रवालद्वारा सञ्चालित ‘जय ट्रेड फर्निचर फ्याक्ट्री एन्ड सोरुम’ समेत पूर्ण रूपमा जलेर नष्ट भएको छ। यस्तै, घरको पछाडिपट्टि रहेका अन्य दुईवटा घरमा आगोको रापले सामान्य क्षति पुर्‍याएको छ।

आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सक्रियताका साथै बिर्तामोड र भद्रपुर नगरपालिकाका दमकलको प्रयोग गरी नियन्त्रणमा लिइएको थियो।

आगलागीको प्रस्ट कारण खुल्न नसके पनि विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने आशङ्का गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

‘विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : नेपाली सेना

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी