सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मतदान दिने मतदातालाई गगनको अपिल: ढुक्क भएर मतदान गर्नुहोस्

२०८३ असोज २३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २२ असोज।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ।

निर्धारित समयभन्दा प्राविधिक कारणले निर्वाचन एक दिन ढिलो भएपछि नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिहरूसँग क्षमायाचना गर्दै कसैको भ्रममा नपरी विवेकपूर्ण रूपमा मतदान गर्न अपिल गरेका छन्।

मतदान सुरु हुनुअघि एक सन्देश जारी गर्दै सभापति थापाले प्राविधिक कारणले ढिलाइ हुँदा महाधिवेशन प्रतिनिधिहरूमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त गरे। उनले सम्पूर्ण प्रतिनिधिहरूलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले यस लोकतान्त्रिक अभ्यासमा सहभागी हुन आग्रह गरेका छन्।

​पार्टीभित्र प्यानल वा गुटबन्दीको अन्त्य भएको दाबी गर्दै सभापति थापाले आफ्नो नाम जोडेर प्रचार गरिएका विभिन्न उम्मेदवारका सूचीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। “यो पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया हो, यसपटक कुनै पनि प्यानल वा गुट छैन,” उनले भने, “मेरो नाम जोडेर आएका कुनै पनि सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन र अफवाहको पछि नलाग्न आग्रह गर्दछु।”

​थापाले कुनै पनि किसिमको भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखी आफ्नो स्वतन्त्र विवेक, सही मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन्। प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले नै पार्टी सङ्गठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास उनले व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै ज्ञानेन्द्र शाहीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

रास्वपा प्रतिनिधिमण्डलद्वारा सहकार्यको प्रस्ताव