सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बुढीगण्डकी बाढी : नेपाली सेनाद्वारा शिशु र विदेशी नागरिकसहित ४९ जनाको उद्धार

२०८३ असोज २५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ। आइतबार आएको बाढीपछि विभिन्न स्थानमा फसेका उनीहरूको सेनाले हेलिकोप्टर र स्थलमार्गबाट उद्धार गरेको हो।

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धारनेपाली सेनाका अनुसार उद्धार कार्यका लागि एमआई-१७ सहित चारवटा हेलिकोप्टर परिचालन गरिएको थियो। हेलिकोप्टरका साथै स्थलमार्गबाट खटिएको सेनाको टोलीले बाढी प्रभावित क्षेत्रमा पुगेर जोखिममा परेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो।

उद्धार गरिएकामा शिशु तथा बालबालिकासमेत रहेका छन्। त्यस्तै, बाढी प्रभावित क्षेत्रमा फसेका एक विदेशी नागरिकको पनि सकुशल उद्धार गरिएको सेनाले जनाएको छ।

बूढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिइएको छ। बाढीले प्रभावित बनाएका स्थानमा फसेका अन्य व्यक्तिहरूको अवस्था पहिचान गर्न र सम्भावित जोखिममा रहेकाहरूलाई सुरक्षित स्थानमा पुर्‍याउन सुरक्षा निकाय परिचालन भइरहेका छन्।

नेपाली सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति तथा स्रोतसाधन परिचालन गरिएको छ।

नदीमा पानीको बहाव बढ्न सक्ने जोखिम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

‘विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : नेपाली सेना

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी