सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

२०८३ असोज ३०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३० असोजः सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा विभिन्न शिक्षालयमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्न गरेका एक हजार २९६ प्रशिक्षार्थी जवान दीक्षित भएका छन् । करिब ११ महिनाको तालिम पूरा गरेका प्रशिक्षार्थी जवान दीक्षित भई राष्ट्र र नागरिकको सेवामा समर्पित हुने उद्देश्यसहित आज कार्यक्षेत्रमा प्रवेश गरेका हुन् ।

माततीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठानबाट १२३, झापास्थित पाथिभरा जवान तालिम शिक्षालयबाट ११७, सप्तरीस्थित दन्तकाली विशेष कार्य तालिम शिक्षालयबाट ११६, ककनीस्थित संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना तालिम शिक्षालयबाट २३३ र कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ११९ जना दीक्षित भएका छन् ।

यस्तै लामापाटनस्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालयबाट ११५, बर्दघाटस्थित सीमा सुरक्षा तालिम शिक्षालयबाट १२५, नौबस्तास्थित सशस्त्र प्रहरी जवान तालिम शिक्षालयबाट ११६, टीकापुरस्थित राजस्व भन्सार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालयबाट ११३ र कैलालीको वनभेहडास्थित बडिमालिका जवान तालिम शिक्षालयबाट ११९ जना प्रशिक्षार्थी जवान दीक्षित भएका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

‘विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : नेपाली सेना

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी