सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की

२०८३ असोज ३०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीलाई नवीनतम प्रविधिले सुसज्जित, व्यावसायिक र सक्षम सङ्गठनका रूपमा रूपान्तरण गर्न रणनीतिक योजनासहित काम भइरहेको बताएका छन्।

७१औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण समारोहलाई सम्बोधन गर्दै उनले बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि उच्च प्रविधिमैत्री संयन्त्र निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए।

‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ मनाइएको ७१औँ प्रहरी दिवसका अवसरमा उनले राष्ट्रसेवाका क्रममा हालैको भोटेकोशी, त्रिशूली विपद्लगायत विभिन्न कालखण्डमा वीरगति प्राप्त गर्ने अमर प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।

उनले सात दशक लामो इतिहासमा राष्ट्र र नागरिकको सुरक्षाका लागि ज्यान आहुति दिने १७९८ जना वीर अमर प्रहरीहरूप्रति श्रद्धासुमन अर्पण गर्दै बाढीपहिरो र विपद् उद्धारमा खटिँदा २८ जना प्रहरी प्रत्यक्ष प्रभावित भएकोमा ३ जनाले वीरगति प्राप्त गरेको र २५ जना प्रहरी कर्मचारी बेपत्ता रहेको जानकारी दिए।

वीरगति प्राप्त तथा बेपत्ता प्रहरीका परिवारजनको सम्मान, कल्याण, सन्ततिको शिक्षा र भविष्यको सुरक्षामा सङ्गठनले सदैव अभिभावकीय दायित्व पूरा गर्ने प्रतिबद्धता उनले जनाए।

कर्तव्य निर्वाहका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले सेवा निवृत्त अग्रजहरूको योगदानको उच्च कदर गरे। विपद् उद्धार र सहकर्मीको क्षति सम्बोधनका क्रममा हालै भोटेकोशी र त्रिशूलीमा आएको भीषण विपद् संस्थागत स्मृतिमा पीडा, साहस र कर्तव्यनिष्ठाको गहिरो अध्याय बनेर अङ्कित भएको उनको भनाइ थियो।

आगामी दिनमा आइपर्ने विपद् सामना गर्न नेपाल प्रहरीलाई सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासमा सरकारले जोड दिएको उनले बताए। यसै अवसरमा विमोचित ‘पुलिस मिरर’ ले प्रहरीको इतिहास र वर्तमानलाई नयाँ पुस्तासँग जोड्ने विश्वास उनले व्यक्त गरे।

पछिल्लो समय तीव्र गतिमा बढिरहेको वित्तीय तथा साइबर अपराध रोकथामका लागि नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवा प्रदायक र डिजिटल वालेटहरूलाई एउटै प्लेटफर्ममा आबद्ध गरी नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

साथै, बदलिँदो सुरक्षा चुनौती र अपराध प्रवृत्तिको प्रभावकारी सामना गर्न नेपाल प्रहरीले विभिन्न आधुनिक प्रणाली तथा विशिष्टीकृत सेलहरूको विकास गरेको उनले बताए।

समारोहमा नेपाल प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी भविष्यमा ‘नेपाल प्रहरी मेडिकल कलेज’ स्थापना गर्ने महत्त्वाकांक्षी लक्ष्य सार्वजनिक गर्दै उनले गत वर्ष क्षतिग्रस्त भएका ४५९ प्रहरी कार्यालयहरूमध्ये ४५३ वटाको पुनर्निर्माण सम्पन्न भई कार्यालय सञ्चालनमा आइसकेको र बाँकी पुनर्निर्माणाधीन अवस्थामा रहेको बताए।

पुनर्निर्माणमा स्थानीय तह, उद्योगी व्यवसायी, नागरिक समाज र सहयोगी मनहरूबाट प्राप्त सहयोगको प्रशंसा गर्दै उनले जनताको सहयोगमा पुनः उभिएका संरचना नागरिक-प्रहरी साझेदारीका जीवन्त प्रतीक भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

‘विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : नेपाली सेना

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी