सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

गोरखाबाट हनुमानढोका पठाइयो फूलपाती

२०८३ असोज ३१, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुलीकोट (गोरखा), असोज ३१ गते । बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट काठमाडौँस्थित हनुमानढोका दरबारमा फूलपातीसहितको डोली पठाइएको छ ।

शुभसाइतअनुसार बिहान ९ बजे विधिपूर्वक पूजाअर्चना गरी फूलपातीसहितको डोली काठमाडौँ पठाइएको हो । गोरखा दरबारका नायब सुब्बा हरि सारूका अनुसार दरबारका सुसारेहरूले फूलपातीसहितको डोली बोकेर ल्याएपछि सरकारी गाडीमार्फत काठमाडौँ पठाइएको हो ।

फूलपाती बिदाइका क्रममा गोरखा दरबारको दसैँघरबाट बाजागाजासहित र्‍याली निकालिएको थियो । परम्परागत विधिअनुसार पूजाअर्चना गरी फूलपातीको डोली बिदाइ गरिएको गोरखाकाली मन्दिरका मूल पुजारी राजेन्द्र अर्यालले बताउनुभयो ।

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारमा पुर्‍याएपछि शनिबार साँझ हर्षबढाइँका साथ भित्र्याउने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो । गोरखा दरबारको दसैँघरमा पनि शनिबार साँझ हर्षबढाइँसहित फूलपाती भित्र्याउने कार्यक्रम रहेको छ ।

ऐतिहासिक मान्यताअनुसार तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेपछि गोरखा दरबारबाट हरेक वर्ष बडादसैँको सातौँ दिन फूलपातीसहितको डोली काठमाडौँ पठाउने परम्परा चल्दै आएको छ । यस परम्पराले गोरखा दरबार र हनुमानढोका दरबारबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।

फूलपाती बिदाइ कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा मगर, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलगायत जनप्रतिनिधि तथा सरकारी अधिकारीहरूको सहभागिता थियो । उहाँहरूले परम्परागत विधिअनुसार फूलपातीको बिदाइ गर्नुभएको थियो ।

दसैँको धार्मिक तथा सांस्कृतिक महत्त्वसँग जोडिएको फूलपाती गोरखामा विशेष परम्पराका रूपमा मनाइँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

हरिबोधनी एकादशीमा तुलसी विवाह, चतुर्मास सकिएसँगै शुभकार्य सुरु

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

आजको राशिफल : १२ राशिमध्ये कसलाई मिल्दैछ भाग्यको साथ, कसलाई रहनुपर्ला सावधान ?

आज कुष्माण्ड नवमी

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

आज बुधबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

आज मंगलबार, गणेशको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल