सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ

२०८३ असोज ३१, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । पोखरा महानगरपालिका–१६, सीतापाइलाबाट हराएको मोटरसाइकलसहित प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। गएको असोज ३० गते राति करिब १० बजे सीतापाइला क्षेत्रबाट ग १९ प १०९१ नम्बरको मोटरसाइकल चोरी भएको थियो।

मोटरसाइकल चोरी भएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी छोरेपाटनबाट खटिएको सक्रिय टोलीले सोही राति करिब ११ बजे पोखरा महानगरपालिका–१७, सिमलटुँडामा उक्त मोटरसाइकल फेला पारेको हो। प्रहरीले जाँच गर्दा पोखरा महानगरपालिका–७, मासबार बस्ने ३१ वर्षीय सागर गुरुङले सो मोटरसाइकल चलाइरहेको अवस्थामा फेला पारेका थिए।

त्यस क्रममा मोटरसाइकलको पछाडि सवार रहेका लमजुङको बेँसीसहर नगरपालिका–७, मिलनचोक स्थायी घर भई हाल पोखरा महानगरपालिका–९, पृथ्वीचोक बस्ने २५ वर्षीय किरण ठकुरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

बरामद गरिएको मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दुवैजनालाई इलाका प्रहरी कार्यालयले चोरीसम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) विरेन्द्र कुमार पासवानले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ