सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

तान्जानिया सरकारका आलोचक केन्यामा अपहरित

२०८३ कार्तिक ८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नैरोबी, ८ कात्तिक (रासस/एएफपी): तान्जानिया सरकारका आलोचक तथा पूर्व विपक्षी नेता त्वाहा म्वाइपाया केन्यामा अपहरणमा पर्नुभएको छ ।

तान्जानिया सरकारले विपक्षी दलमाथि कडा दमन गरेको छ । सरकारी गतिविधिमाथि आलोचना गर्ने धेरै विपक्षी नेताहरूले छिमेकी मुलुक केन्यामा शरण लिएका छन् । केन्यामा पनि उनीहरूमाथि अपहरण प्रयास हुने गरेको आरोप लाग्दै आएको छ ।

मुख्य विपक्षी दल चादेमाका प्रमुख युवा सङ्गठनकर्ता म्वाइपायले सन् २०२२ मा सरकारको आलोचना गरेको आरोपमा पक्राउ गरी जेल चलान गरिएको थियो पछि उहाँले अदालतबाट उन्मुक्ति पाउनुभएको थियो ।

केन्यामा स्वनिर्वासनमा रहनुभएका म्वाइपायका लगभग छ लाख इन्स्टाग्राम फलोअर रहेका छन् र उनीहरूले उहाँको सरकारविरोधी आवाजलाई नियमित रूपमा हेर्ने र केन्याली शुभेच्छुकबीच साझा गर्ने गर्छन् ।

म्वाइपायले राष्ट्रपति सामिया सुलुहु हस्सानको सरकारविरुद्ध पोस्ट गर्नुहुन्छ । विपक्षी दलले हस्सानलाई एक वर्षअघि चुनावका क्रममा हजारौँ प्रदर्शनकारीहरूको हत्या गरेको घटना लगायतका गतिविधिमा निर्दयीरूपमा विपक्षीहरूमाथि दमन गरेको आरोप लगाउँछ ।

एम्नेस्टीका अनुसार म्वाइपायालाई आइतबार दिउँसो नैरोबीको पूर्वमा रहेको माचाकोस काउन्टीको कामुलुमा साथीहरूलाई भेट्न ट्याक्सीमा जाँदा ‘तीन वटा सवारीसाधनमा आएका व्यक्तिहरूले’ अपहरण गरेका थिए ।

अधिकार समूहले एक्समा लेखेको छ, “म्वाइपायाको अवस्था थाहा पाउनुहुने जो कोहीलाई तुरुन्त सम्पर्क गर्न आग्रह गर्दछौँ। केन्याका अधिकारीहरूले तत्काल उहाँको अवस्था पत्ता लगाएर सुरक्षा सुनिश्चित गर्नुपर्छ।”

सन् २०२५ जनवरीमा प्रख्यात तान्जानियाली अधिकारकर्मी मारिया सारुङ्गी त्सेहाइलाई नैरोबीमा यस्तै परिस्थितिमा अपहरण गरिएको थियो तर अधिकार समूह र मिडियाको विरोधपछि सीमाना पार गराउनुअघि नै रिहा गरिएको थियो । फेब्रुअरीमा अर्का अधिकारकर्मी शाबाहा शाबाहा हम्जालाई पनि अपहरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर