शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडौं । इटहरी उपमहानगरपालिका-४ शान्तिचोकस्थित द इस्टन होटलबाट जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले आइतबार साँझ उनीहरूलाई नगद ४ लाख ५६ हजार रुपैयाँ र सात बुक ताससहित पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा पक्राउ परेका आठै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
