सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

२०८३ कार्तिक ११, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान, ११ कात्तिक (रासस/एएनआई) : इरानले कूटनीतिक प्रतिबद्धता उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले १४ बुँदे समझदारीपत्र (एमओयु) बारे ट्रम्पको टिप्पणीले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गरेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै बाघाईले अमेरिकाले आफ्ना प्रतिबद्धता अस्वीकार गर्ने र अन्तर्राष्ट्रिय दायित्वलाई आफूअनुकूल व्याख्या गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले युरोपेली मुलुक तथा अन्य समर्थकले अमेरिकी व्यवहारलाई जवाफदेहिताबाट जोगाउन खोज्नुको औचित्य नभएको बताउँदै अन्तर्राष्ट्रिय कानून छानेर लागू गर्न नमिल्ने उल्लेख गर्नुभयो ।

यसअघि बुधबार टेक्सासको लुब्बकमा आयोजित चुनावी सभामा ट्रम्पले अमेरिकाले इरानसँग युद्ध सुरु नगरेको, बरु इरानले सन् १९७९ देखि अमेरिकाविरुद्ध द्वन्द्व चलाएको आरोप लगाउनुभएको थियो । उहाँले अघिल्ला अमेरिकी नेताहरूले यो समस्या पहिले नै समाधान गर्नुपर्ने बताउँदै आफूले चाहेको बेला युद्ध अन्त्य गर्न सक्ने दाबी गर्नुभयो । अक्टोबर २६ मा मिसिसिपीमा आयोजित सभामा उहाँले युद्धविरामलाई समयको बर्बादी ठानेको बताउनुभएको थियो ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति ट्रम्पसँगको साझेदारीमा इरानी शासनबाट उत्पन्न खतरा हटाउने ऐतिहासिक अवसर इजरायलसँग रहेको बताउनुभएको छ । निर्वाचन परिणामको प्रतीक्षा भइरहेका बेला जेरुसेलमस्थित लिकुड पार्टीको निर्वाचन मुख्यालयमा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

उता, इरानका सर्वोच्च नेता अयातुल्ला मोजताबा खमेनीले हर्मुज जलघाँटीमाथिको नियन्त्रणलाई राष्ट्रिय तथा क्षेत्रीय सुरक्षाका लागि महत्त्वपूर्ण बताउनुभएको छ । सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसेन रेजाईसँगको भेटपछि सार्वजनिक सन्देशमा उहाँले राष्ट्रिय सुरक्षा, क्षेत्रीय सहयोग र रणनीतिक हितबारे चर्चा गर्नुभएको थियो ।

खमेनीले छिमेकी देशहरूसँग पारस्परिक हितका आधारमा सम्बन्ध सुदृढ गर्न र युद्ध तथा शान्तिबीचको अनिश्चित अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले देशको रक्षामा जनसहभागिता कायम राख्न प्रभावकारी सञ्चार आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।

इरानविरुद्ध कुनै पनि सैन्य कारबाही भए त्यसको परिणाम भोग्नुपर्ने रेजाईको चेतावनीपछि यी अभिव्यक्ति आएका हुन् । तेहरानले थप टकराव रोक्न सकिने अवस्थामा कूटनीतिलाई प्राथमिकता दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर