सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी

२०८३ कार्तिक ११, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

टेक्सास, ११ कात्तिक (रासस/एएनआई): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व रोक्न दुवै देशमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएको दाबी दोहो¥याउनुभएको छ । आफूले अन्त्य गरेको दाबी गरेका आठ युद्धमध्ये पाँचवटा व्यापारिक दबाबबाट समाधान भएको उहाँको भनाइ छ ।

टेक्सासको कर्पस क्रिस्टीमा बुधबार आयोजित चुनावी सभामा उहाँले दुवै देशका प्रधानमन्त्रीलाई युद्ध जारी राखे अमेरिकासँग व्यापार गर्न नदिने चेतावनी दिएको बताउनुभयो । उक्त दबाबपछि युद्धविराम भएको र पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफूले कम्तीमा तीन करोड मानिसको ज्यान बचाएको बताएको उहाँको दाबी छ ।

भारतले भने द्वन्द्व रोक्न बाह्य मध्यस्थताको भूमिका रहेको दाबी अस्वीकार गर्दै आएको छ । भारतका अनुसार पाकिस्तानका सैन्य कारबाहीका महानिर्देशकले भारतीय समकक्षीसँग आग्रह गरेपछि अपरेसन सिन्दूरका क्रममा युद्धविराम भएको थियो । भारतले पहलगाममा अप्रिल २२ मा भएको आतङ्कवादी हमलाको जवाफमा मे ७ मा उक्त अभियान सुरु गरेको र मे १० मा रोकेको थियो ।

ट्रम्पले आठ युद्ध समाधान गरेको भन्दै आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी पनि गर्नुभएको छ । नर्वेजियन नोबेल समितिले अक्टोबर ९ मा सन् २०२६ को पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नवी पिल्लेलाई दिने घोषणा गरेपछि उहाँले छनोटको आलोचना गर्दै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर