सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्यालेस्टाइनद्वारा जारी इजरायली कारबाहीका विरुद्ध राष्ट्रसङ्घमा पत्र

२०८३ कार्तिक ११, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

न्युयोर्क, ११ कात्तिक (रासस/क्यूएनए): प्यालेस्टाइन राज्यले संयुक्त राष्ट्रसङ्का महासचिव, यस महिना संयुक्त राष्ट्र सुरक्षा परिषद्को ग्रीसको अध्यक्षता र संयुक्त राष्ट्र महासभाका अध्यक्षलाई हेब्रोनको घटनाक्रममा विशेष चासोका साथ पूर्वी जेरुसेलमसहित वेस्ट ब्याङ्कमा प्यालेस्टिनी नागरिकहरू विरुद्ध जारी इजरायली कारबाहीमा गम्भीर वृद्धि भएको सूचना दिँदै पत्र पठाएको छ ।

पत्रमा, संयुक्त राष्ट्रमा प्यालेस्टाइन राज्यका स्थायी प्रतिनिधि, रियाद मन्सुरले गत शुक्रबारदेखि इजरायली कब्जा अधिकारीहरूले हेब्रोन प्रान्तमा अधिकतम सैन्य घेराबन्दी र पूर्ण तालाबन्दी गर्दा लगभग पाँच लाख प्यालेस्टिनीहरूलाई सामूहिक सजायको सामना गर्नुपरेको जनाउनुभएको छ ।

इजरायली सेनाले जबरजस्ती निष्कासन, सामूहिक गिरफ्तारी, अमानवीय व्यवहार, प्यालेस्टिनीहरूको सम्पत्ति जफत गर्ने र इब्राहिमी मस्जिद बन्द गर्ने जस्ता कार्यहरू जारी राखेको पत्रमा उल्लेख गरिएको छ । यसैबीच, उत्तरी वेस्ट ब्याङ्कका सहरहरू र शरणार्थी शिविरहरू चौथो जेनेभा महासन्धि लगायत अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घनमा जबरजस्ती विस्थापन र व्यापक इजरायली विनाशसँग जुझिरहेको जनाइएको छ ।

संकटग्रस्त क्षेत्रहरू, विशेष गरी देइर बहा र अल–जलदामा आफ्नो घरबाट निकालिएका परिवारहरूको सङ्ख्या बढेर ४८८ पुगेको जनाइएको छ । जसले तीन हजार १७१ प्यालेस्टिनीहरू, प्रायः महिला तथा बालबालिकाका साथै वृद्ध र बिरामी व्यक्तिहरूलाई असर गरेको मन्सुरले प्रकाश पार्नुभएको छ ।

उहाँले लगभग ५०० घरहरू ध्वस्त भएको उल्लेख गदै मध्य सहर, सहर, गाउँ र छेउछाउका शरणार्थी शिविरहरूमा सामूहिक नजरबन्द गरिएको बताउनुभयो ।

इजरायलले आफ्नो वर्तमान चुनावी अभियानलाई अगाडि बढाउन प्यालेस्टिनी जनतालाई घेरिएको पीडाको फाइदा उठाएकोसमेत बताउँदै मन्सुरले यो दृष्टिकोणले थप वृद्धि र हत्यालाई बढावा दिने उल्लेख गर्नु भएको छ ।

उहाँले कब्जा अधिकारीहरूले दैनिक घातक आक्रमणहरू जारी राखी पूर्वी जेरुसेलम लगायत कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा जातीय विभेदको अभियानलाई तीव्र बनाउन थप औपनिवेशिक उपायहरूका साथ प्यालेस्टिनीलाई उत्पिडन दिने र पूर्ण दण्डहीनताका साथ बसोबास गर्ने आतङ्कलाई बढावा दिने अन्तिम लक्ष्यका साथ प्यालेस्टिनी जनताको उन्मूलन गर्ने प्रयास गरेको बताउनुभयो ।

यी अपराधहरू रोक्नुपर्ने बताउँदै उहाँले यस्ता क्रियाकलाप अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घन भएको र यसमा सामूहिक सजायमा प्रतिबन्ध, प्रतिशोधको कार्य, लुटपाट र व्यक्तिहरूको जबरजस्ती स्थानान्तरण समावेश रहेको तर्क गर्नुभयो । उहाँले कार्यहरूले प्यालेस्टिनी जनताको अधिकार र संयुक्त राष्ट्रका प्रस्तावहरू, विशेष गरी अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) द्वारा २०२४ मा जारी गरिएको सल्लाहकार रायको उल्लङ्घन गरेको दाबी गर्नुभयो ।

मन्सुरले सुरक्षा परिषद् लगायत अन्तर्राष्ट्रिय समुदायलाई अन्तर्राष्ट्रिय कानूनअन्तर्गत सबै तहमा दृढ कदम चाल्न आह्वान गर्दै, कब्जा गर्ने शक्तिका रूपमा इजरायललाई हतियार आपूर्तिमा प्रतिबन्ध लगाउन, हेब्रोन र कब्जा गरिएको प्यालेस्टाइन राज्यमा जारी आक्रमण र मनमानी उपायहरू रोक्न बाध्य पार्ने अनुरोध गर्नुभएको छ ।

सामूहिक सजाय र पूर्ण तालाबन्दीको यो नीति अन्त्य हुनुपर्ने बताउँदै प्यालेस्टिनी अधिकारीले प्यालेस्टिनी जनता, उनीहरूको अधिकार र उनीहरूको पवित्र स्थानहरूको सुरक्षा सुनिश्चित गर्न यी स्पष्ट अपराध र दुव्र्यवहार र निवारक उपायहरूका लागि जिम्मेवार व्यक्तिहरूको जवाफदेहिताको माग गर्दै तर्क गरेका छन् ।

त्यसै गरी उहाँले यो लामो समयदेखि चलिरहेको दमन र यो घृणित औपनिवेशिक कब्जाको अन्त्यका लागिसमेत माग गनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर