सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

इरानसँग वार्ता अघि बढाउन भान्सको पहल

२०८३ कार्तिक १२, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, १२ कात्तिक (रासस/एएनआई) :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः सैन्य आक्रमण गर्ने धम्की दिइरहेका बेला उपराष्ट्रपति जे. डी. भान्सले शान्ति वार्ता अघि बढाउने प्रयासमा इरानका प्रभावशाली नेता मोहसेन रेजाईलाई पत्र पठाउनुभएको छ । ‘द वाल स्ट्रिट जर्नल’ का अनुसार ट्रम्पकै निर्देशनमा पठाइएको पत्रको उद्देश्य दुई देशबीच वार्ताको सम्भावना खोज्नु हो ।

तर, ट्रम्पले भान्सलाई शान्ति वार्ता सुरु गर्न निर्देशन दिएको दाबी अस्वीकार गर्दै उहाँको सम्पर्क इरानलाई चिकित्सा सामग्री उपलब्ध गराउने विषयमा केन्द्रित रहेको बताउनुभएको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव तथा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका पूर्वकमाण्डर रेजाईले इरानका आधारभूत माग पूरा नभएसम्म अमेरिकासँग वार्ता नगर्ने बताउनुभएको थियो । यसअघि भान्सले युद्ध लम्बिने जोखिमप्रति चिन्ता व्यक्त गर्दै कूटनीतिक समाधानको पक्षमा धारणा राख्नुभएको थियो । ट्रम्पले उहाँलाई प्रमुख वार्ताकार नियुक्त गरेपछि भान्सले सम्झौताको प्रयासमा दुईपटक विदेश यात्रा गर्नुभएको थियो ।

हर्मुज जलघाँटी हुँदै समुद्री आवागमन सञ्चालन गर्ने विषयमा मतभेद भएपछि जुनमा भएको समझदारी दुई सातामै भङ्ग भएको थियो । कतार र पाकिस्तानको सहजीकरणमा भएका पछिल्ला वार्ता पनि निष्कर्षमा पुग्न सकेका छैनन् । अमेरिकाले इरानसँग आणविक कार्यक्रममा अग्रिम छुट मागिरहेको छ भने इरानले तत्काल आर्थिक राहत चाहेको छ ।

यसैबीच, ट्रम्पले मध्यावधि चुनावपछि इरानमाथि छोटो र तीव्र सैन्य आक्रमण गर्ने विकल्पबारे विचार गरिरहनुभएको छ । उहाँले इरानले सम्झौतामा पुग्ने प्रयास लम्ब्याएको आरोप लगाउँदै आउनुभएको छ । बढ्दो युद्ध र इन्धनको मूल्यले रिपब्लिकन उम्मेदवारलाई चुनावी चुनौती थपिरहेका बेला सन् २०२८ को राष्ट्रपतीय उम्मेदवारीका सम्भावित दाबेदार भान्सले विदेश नीति र घरेलु राजनीतिक जोखिमबीच सन्तुलन मिलाउनुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर