सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अमेरिका पुगेपछि बोल्सोनारोको राष्ट्रपति भएको दाबी

२०८३ कार्तिक १२, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ब्रासिलिया, १२ कात्तिक (रासस/एएनआई) : ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिका पुगेपछि आफू निर्वाचित राष्ट्रपति भएको दाबी गर्नुभएको छ । उहाँले ब्राजिलको चुनावमा धाँधली भएको आरोप लगाउँदै अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने बताउनुभएको छ । यसअघि वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले दोस्रो चरणको निर्वाचनमा विजय हासिल गर्नुभएको थियो ।

पैँतालिस वर्षीय बोल्सोनारो बुधबार मियामी नजिकै निजी विमानबाट अमेरिका पुग्नुभएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको निर्वाचन प्रक्रिया असामान्य भएको धारणा दोहो¥याए पनि बोल्सोनारोको राष्ट्रपति पदसम्बन्धी दाबीमा आफू संलग्न नहुने बताउनुभएको छ ।

फ्लेभियोका पिता तथा पूर्वराष्ट्रपति जाइर बोल्सोनारो सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएपछि परिणाम उल्ट्याउने प्रयासमा असफल हुनुभएको थियो । उहाँ अहिले घरमै नजरबन्दमा हुनुहुन्छ ।

फ्लेभियोले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको सामना गरिरहनुभएको छ । संसदीय संरक्षणको अवधि सकिन लाग्दा उहाँलाई राहदानी बुझाउन निर्देशन दिइएको थियो । तर, उहाँ अर्जेन्टिना र इक्वेडर हुँदै अमेरिका पुग्नुभएको बताइएको छ । अमेरिकी गृह सुरक्षा विभागले उहाँको परिवारका सदस्यहरूले आवश्यक जाँचपछि आप्रवासन कानूनअनुसार प्रवेश अनुमति पाएको जनाएको छ ।

लुलाले बोल्सोनारोको देश छाड्ने निर्णयलाई ‘लाजमर्दो’ बताउँदै आफ्नो देश छाडेर जाने व्यक्तिसँग लुकाउनुपर्ने केही कुरा हुन सक्ने टिप्पणी गर्नुभएको थियो । यद्यपि, ब्राजिलका कानून कार्यान्वयन अधिकारीहरूले बुधबार बोल्सोनारोलाई औपचारिक रूपमा फरार घोषणा नगरिएको स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर