शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडौं । धादिङको गजुरी गाउँपालिका–८ मजुवा र सिउरेनीबाट चोरीको मोटरसाइकल र एक थान बन्दुकसहित दुई जना पक्राउ परेका छन्।
बिहीबार बिहान पक्राउ पर्नेमा १८ वर्षीय सागर तामाङ र २२ वर्षीय शिशिर तामाङ रहेका छन्। प्रहरीले सागरको साथबाट २२० सीसीको पल्सर मोटरसाइकल र बन्दुक बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार दुवै जनाविरुद्ध यसअघि पनि चोरीसम्बन्धी मुद्दा दर्ता भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
