सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जोशीमठ नजिकै छ जना सवार हेलिकप्टर बेपत्ता

२०८३ कार्तिक १३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चमोली (उत्तराखण्ड), १३ कात्तिक (रासस/एएनआई) : भारतको उत्तराखण्डस्थित चमोली जिल्लाको जोशीमठ नजिकै पाँच यात्रु र एक पाइलटसहित छ जना सवार हेलिकप्टर बेपत्ता भएको छ । बद्रीनाथबाट देहरादुन जाँदै गरेको चार्ली एक्स–रे कम्पनीको हेलिकप्टरले हाथी पर्वत क्षेत्रमा सम्पर्क गुमाएपछि जिल्ला प्रशासनले अर्को हेलिकप्टरमार्फत खोजी सुरु गरेको छ ।

उत्तराखण्डका विभिन्न भागमा वर्षा र हिमपात भइरहेका बेला केदारनाथ धाममा यस वर्षकै पहिलो भारी हिमपात भएको छ । मौसम विज्ञान केन्द्रका निर्देशक डा. सिएस तोमरका अनुसार अक्टोबर २९ मा उत्तरकाशी, टिहरी र हरिद्वारका आठदेखि नौ स्थानमा भारी वर्षा भएको थियो । आगामी केही दिन विशेषगरी पहाडी जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

मौसम प्रतिकूल हुने पूर्वानुमानपछि जिल्ला प्रशासनले तीर्थयात्रीको सुरक्षाका लागि सतर्कता बढाएको छ । जिल्ला मजिस्ट्रेट प्रशान्त आर्यले आपत्कालीन सञ्चालन केन्द्रलाई सक्रिय राख्दै सडक तथा गङ्गोत्री र यमुनोत्री मन्दिर क्षेत्रको सीसीटीभीमार्फत निगरानी गर्न निर्देशन दिनुभएको छ । प्रशासनले तीर्थयात्रीलाई चिसोबाट जोगिन र सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर