सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार टर्की भ्रमण गर्ने

२०८३ कार्तिक १४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इस्तानबुल, १४ कात्तिक (रासस/एएफपी): युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शनिबार टर्कीको राजकीय भ्रमण गरी आफ्ना टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानसँग रुससँगको युद्ध र ‘ब्ल्याक सी’ को सुरक्षा स्थितिका बारेमा वार्ता गर्ने कार्यक्रम तय भएको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

“इस्तानबुलमा हुने छलफलमा दुवै पक्षले टर्की र युक्रेनबीच द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन सकिने कदमहरूका साथै विशेष गरी रुस–युक्रेन युद्ध र ‘ब्ल्याक सी’ क्षेत्रको सुरक्षा स्थितिबारे क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विकासबारे छलफल गर्नेछन्,” राष्ट्रपतिको कार्यालयका सञ्चार निर्देशक बुर्हानेत्तिन दुरानले एक्समा लेख्नुभएको छ।

रुस र युक्रेन दुवैसँग सम्बन्ध भए पनि टर्की ‘ब्ल्याक सी’ मा व्यापारिक जहाजहरूमाथि भएका आक्रमणबाट क्रुद्ध छ ।

राष्ट्रपति एर्दोगानले सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभामा यस्ता आक्रमण ‘अस्वीकार्य’ भएको बताउनुभएको थियो । अङ्काराले नागरिक जहाजहरूमाथिको आक्रमण रोक्न रुस र युक्रेनलाई प्रस्ताव पठाएको थियो तर दुवै शत्रु पक्षले त्यसमा कुनै कदम चालेका छैनन् । टर्कीले रुस र युक्रेनबीच दिगो युद्धविराम र शान्ति सम्झौताका लागि धेरै चरणका वार्ता पनि आयोजना गरेको छ ।

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन वार्तामा एर्दोगानले युक्रेन र रुसबीच कूटनीतिक प्रक्रिया पुनः सुरु गर्न तथा वार्तामार्फत युद्ध अन्त्य गर्न टर्की तयार रहेको बताएका टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर