सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

एनपिएलमा आज काठमाण्डौं गोर्खाज र कर्णाली याक्स आमनेसामने हुँदै

२०८३ कार्तिक १६, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई महत्त्वपुर्ण खेलहरू हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

दिनको पहिलो खेलमा दिउँसो १२:३० बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्स आमनेसामने हुनेछन्। प्रतियोगितामा काठमाडौँ आफ्नो पहिलो जितको खोजीमा रहेको छ। यसअघि खेलिएको आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको काठमाडौँका लागि आजको खेल जित्दै अंक तालिकामा खाता खोल्ने दबाब छ।

अर्कोतर्फ, कर्णाली याक्स उत्कृष्ट लयमा देखिएको छ। अहिलेसम्म खेलेका दुवै खेलमा (जनकपुर बोल्ट्स र विराटनगर किङ्सविरुद्ध) जित निकाल्दै ४ अंक जोडिसकेको कर्णाली आज लगातार तेस्रो जित दर्ता गर्दै अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड अझ बलियो बनाउने रणनीतिसहित मैदान उत्रनेछ।

त्यस्तै, साँझ ५ बजे सुरु हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

सुदूरपश्चिम रोयल्सका लागि आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ। हालसम्म खेलेका ३ खेलमध्ये १ खेलमा जित र २ खेलमा हार व्यहोरेको सुदूरपश्चिम अङ्क तालिकामा गति समात्न आज जित्नै पर्ने दबाबमा छ।

यता चितवन राइनोज भने प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ। आफूले खेलेको पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्नु परेको थियो। ३ अंकका साथ बलियो स्थितिमा रहेको चितवन आज सुदूरपश्चिमलाई हराउँदै जितको लय कायम राख्ने प्रयासमा रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान

पाकिस्तानमाथि २–१ को जितसँगै भारतलाई साफको १०औँ उपाधि

चितवन राइनोज एनपिएलको क्वालिफायरमा, काठमाण्डु गोर्खाज बाहिरियो

कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

‘किङ्ज कप’ राष्ट्रिय प्रतियोगिताको तयारी पूरा

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी एनपिएलको फाइनलमा