सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अमेरिकी किसानलाई १५ अर्ब डलर राहत

२०८३ कार्तिक १६, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सियक्स फल्स (दक्षिण डकोटा), १६ कात्तिक (रासस/एपी) : अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बढ्दो इन्धन र मलको मूल्यबाट प्रभावित किसानलाई राहत दिन १५ अर्ब डलरभन्दा बढीको सहयोग घोषणा गरेको छ ।

अमेरिकी कृषि मन्त्रालयले आठ अर्ब डलर डिजेल खर्च बढेका किसानलाई एकपटकका लागि भुक्तानी गर्ने जनाएको छ । पशुपालक तथा माछापालकका लागि पाँच अर्ब डलरको ऋण प्रत्याभूति र मल उत्पादन, मासु प्रशोधन तथा विशेष बालीका परियोजनाका लागि पनि रकम छुट्याइएको छ ।

यसअघि सन् २०२५ को बाली वर्षका लागि योग्य किसानलाई १३ अर्ब ८० करोड डलर भुक्तानी गर्ने योजना बनाइएको थियो । तर, कृषि व्यवस्थापन विशेषज्ञ ग्रेग इबेन्डहलले सरकारी सहयोगले तत्काल राहत दिए पनि उत्पादन लागत बढ्नुका दीर्घकालीन समस्या समाधान नगर्ने बताउनुभएको छ ।

यस वर्ष मल र इन्धनको मूल्यवृद्धि तथा चीनसँगको व्यापार तनावले अमेरिकी किसानको आम्दानी प्रभावित भएको छ । एएएका अनुसार डिजेलको औसत मूल्य प्रतिग्यालन ६.३२ डलर पुगेको छ । यो एक वर्षअघिको तुलनामा ७० प्रतिशत बढी हो ।

राजनीतिक विश्लेषकहरूका अनुसार किसान र ग्रामीण मतदाता ट्रम्पका महत्त्वपूर्ण समर्थक भए पनि उहाँका केही नीतिप्रति असन्तुष्ट छन् । सरकारी राहतले तत्काल सहयोग गरे पनि जीवनयापन खर्च र स्वास्थ्य सेवाजस्ता विषयमा मतदाताको चासो कायमै रहेको विश्लेषकहरूको भनाइ छ । मध्यावधि निर्वाचनको दुई दिनअघि ट्रम्पले आयोवा र कन्सासको भ्रमण गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर