सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

२०८३ कार्तिक १६, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन÷तेहरान, १६ कात्तिक (रासस/सिन्ह्वा) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कुनै समयमा पुनः आक्रमण गर्न सक्ने चेतावनी दिनुभएको छ । इरानी सेनाले भने अमेरिकाले नयाँ आक्रमण गरे त्यसको जवाफ पहिलेभन्दा व्यापक र निर्णायक हुने तथा द्वन्द्व लामो समयसम्म चल्न सक्ने बताएको छ ।

अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि आइतबार आयोवामा आयोजित चुनावी सभामा ट्रम्पले इरानमाथि कारबाही पुनः सुरु गर्ने सङ्केत गर्नुभयो । “म इरानसँगको विषय टुङ्ग्याउन नसक्नुको एउटै कारण म संयमित हुन चाहनु हो । कुनै समयमा हामीले उनीहरूलाई कडा प्रहार गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।

इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियाले अमेरिकाले पुनः आक्रमण गरे तत्काल र निर्णायक प्रतिकार गरिने बताउनुभएको छ । इरानको अर्धसरकारी मेहर समाचार संस्थाका अनुसार उहाँले अमेरिकी सैन्य अखडा, उपकरण, कर्मचारी र स्वार्थलाई जहाँसम्म इरानको पहुँच पुग्छ, त्यहाँसम्म निशाना बनाउन सकिने चेतावनी दिनुभएको छ । नयाँ द्वन्द्व अघिल्लोभन्दा लामो समयसम्म चल्न सक्ने उहाँको भनाइ छ ।

यसैबीच, अमेरिकी समाचार संस्था एक्सियोसका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार टेलिफोन वार्ताका क्रममा अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि आक्रमण गर्न ट्रम्पलाई आग्रह गर्नुभएको थियो । तर, ट्रम्प वार्तालाई निरन्तरता दिन चाहनुभएको बताइएको छ ।

वासिङ्टनबाट कूटनीति र सैन्य कारबाही दुवैका सङ्केत आइरहेका बेला इरानले बिहीबार अमेरिकी उपराष्ट्रपति जेडी भान्सबाट शान्ति वार्ता पुनः सुरु गर्न आह्वान गरिएको पत्र प्राप्त गरेको थियो । ट्रम्पको निर्देशनमा पठाइएको उक्त पत्रको भाषालाई तेहरानले सकारात्मक सङ्केतका रूपमा लिएको जनाएको छ ।

तर, ‘वाल स्ट्रिट जर्नल’ का अनुसार वरिष्ठ अमेरिकी सैन्य अधिकारीहरूले बिहीबार ट्रम्पलाई इरानसम्बन्धी सम्भावित विकल्पबारे जानकारी गराएका थिए । मध्यावधि निर्वाचनपछि इरानविरुद्ध छोटो तर तीव्र सैन्य अभियान सञ्चालन गर्न सक्ने तयारीस्वरूप अमेरिकाले खाडी क्षेत्रका केही देशलाई आग्रह गरेको पनि समाचारमा उल्लेख छ ।

इरानका सर्वोच्च नेता मोजताबा खमेनीले शनिबार जारी वक्तव्यमा वरिष्ठ सैन्य कमान्डरहरूलाई शत्रुबाट आउने जुनसुकै प्रकृति र स्तरको खतराको तत्काल तथा प्रभावकारी जवाफ दिन निर्देशन दिनुभएको जनाइएको छ । यस्तो प्रतिकार भौगोलिक सीमामा सीमित हुन नहुने उहाँको भनाइ थियो ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले तेहरानसहित इरानका विभिन्न सहरमा संयुक्त आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल र क्षेत्रका अमेरिकी सैन्य अखडा तथा सम्पत्तिलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो । इरानले हर्मुज जलघाँटीमाथि आफ्नो नियन्त्रण पनि कडा बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर