सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

२०८३ कार्तिक १६, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मनामा (बहराइन), १६ कात्तिक (रासस/एपी): संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति सल्लाहकार अनवर गर्गसले इरानसँगको बढ्दो तनाव समाधान गर्न सैन्य उपायभन्दा कूटनीतिक तथा राजनीतिक पहललाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । सैन्य समाधानले सङ्कट थप जटिल बनाउने र तत्काल निकास दिन नसक्ने उहाँको भनाइ छ ।

बहराइनमा आयोजित सुरक्षा सम्मेलनमा उहाँले अमेरिका र इरानबीचको अडानमा ठूलो दूरी रहेकाले वार्ताबाट निकास ननिस्किए गम्भीर परिणाम आउन सक्ने चेतावनी दिनुभयो । इरानी विदेशमन्त्री अब्बास अराघचीले भने हर्मुज जलघाँटी पुनः खोल्ने प्रस्तावबारे वार्ताका लागि इरानी प्रतिनिधिमण्डल कतारमा रहेको र इरान कूटनीति तथा आत्मरक्षा दुवैका लागि तयार रहेको बताउनुभएको छ ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको युद्धमा युएईले तीन हजारभन्दा बढी ड्रोन तथा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण सामना गरेको थियो । त्यसयता खाडी मुलुकहरूले रक्षा क्षमता विस्तारमा अर्बौं डलर खर्च गरेका छन् ।

बहराइनका विदेशमन्त्री अब्दुल्लातिफ बिन राशिद अल जायानीले इरानले समुद्री मार्ग, हवाई क्षेत्र र सञ्चार पूर्वाधारलाई लक्षित गरी क्षेत्रीय स्थिरतामा खतरा उत्पन्न गरेको आरोप लगाउनुभयो । आइआइएसएसका अनुसार युद्धको उत्कर्षमा इरानले बहराइनतर्फ पाँच सय ड्रोन र करिब दुई सय ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।

सम्मेलनमा खाडी सहयोग परिषद्का सदस्य राष्ट्रबीच साझा रक्षा रणनीतिको अभाव पनि प्रमुख चिन्ताका रूपमा उठेको थियो । गर्गसले गम्भीर सुरक्षा सङ्कटका बेला खाडी मुलुकहरू सामूहिक रूपमा अघि बढ्न नसकेको स्वीकार गर्दै क्षेत्रीय सहकार्य आवश्यक रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर