सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

२०८३ कार्तिक १८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सियोल, १८ कात्तिक (रासस/एपी) :उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी तटबाट समुद्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । अमेरिकासँगको सम्भावित कूटनीतिक संवाद र ह्याकिङसम्बन्धी आरोपबीच प्योङयाङले हतियार परीक्षणलाई निरन्तरता दिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग संवाद पुनः सुरु गर्ने इच्छा व्यक्त गर्नुभएपछि प्योङयाङले अमेरिकासँगको सम्भावित वार्तामा आफ्नो प्रभाव बढाउन हतियार परीक्षण तीव्र पारेको विश्लेषण गरिएको छ ।

विश्वकै ठूलो क्रिप्टोकरेन्सी विनिमय मञ्च बाइनान्समा छ अर्ब अमेरिकी डलरभन्दा बढीको चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न रहेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) को आरोपलाई उत्तर कोरियाले अस्वीकार गरेको छ । एफबीआईले उक्त आक्रमणलाई गत वर्ष बाइबिटमा एक अर्ब ५० करोड अमेरिकी डलर चोरी गरेको आरोप लागेको ‘ट्रेडरट्रेटर’ समूहसँग जोडेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकी आरोपलाई वासिङ्टनको शत्रुतापूर्ण नीतिको निरन्तरताका रूपमा आलोचना गर्नुभएको छ । उहाँले त्यस्ता व्यक्तिसँग वार्ता गर्न आवश्यक नरहेको बताउँदै संवादले राष्ट्रिय हित पूरा नगर्ने धारणा व्यक्त गर्नुभएको छ ।

उत्तर कोरियाले पछिल्लो समय ब्यालेस्टिक तथा हाइपरसोनिक क्षेप्यास्त्र, आक्रमणकारी ड्रोन र क्लस्टर बम परीक्षण गरेको छ । मङ्गलबार परीक्षण गरिएको नयाँ क्लस्टर वारहेडले पाँचदेखि छ हेक्टर क्षेत्र नष्ट गर्न सक्ने प्योङयाङको दाबी छ ।

यसैबीच, सेप्टेम्बरमा सीमाक्षेत्रमा बारुदी सुरुङ विस्फोट हुँदा दक्षिण कोरियाका तीन सैनिक घाइते भएपछि दुई कोरियाबीचको तनाव पनि बढेको छ । सियोलले उत्तर कोरियामाथि सैन्य सीमाङ्कन रेखाको दक्षिणतर्फ सुरुङ बिछ्याएको आरोप लगाउँदै माफी माग्नुपर्ने बताएको छ । प्योङयाङले भने जिम्मेवारी अस्वीकार गर्दै प्रतिकारको चेतावनी दिएको छ । उसले सीमामा प्रचारात्मक लाउडस्पीकर प्रसारण पुनः सुरु गर्ने र नयाँ हतियार तैनाथ गर्ने धम्कीसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर