सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

च्याम्पियन्स लिगमा आर्सनलको जित, स्लाभिया प्राग २–१ ले पराजित

२०८३ कार्तिक १९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज बिहान सम्पन्न खेलमा इंग्लिस क्लब आर्सनल विजयी भएको छ। प्रतिस्पर्धात्मक खेलमा स्लाभिया प्रागलाई २-१ गोल अन्तरले हराउँदै आर्सनलले महत्वपूर्ण तीन अंक जोडेको हो।

खेलको सुरुवातदेखि नै आक्रामक लयमा देखिएको आर्सनलले नवौँ मिनेटमा अग्रता लिएको थियो। नोनी माडुएकेले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती सफलता दिलाएका थिए। त्यसपछि खेलको ३८औँ मिनेटमा भिक्टर ग्योकेरेसले अर्को गोल थपेपछि आर्सनल पहिलो हाफमै २-० गोलको सहज स्थितिमा पुग्यो।

दोस्रो हाफमा दुवै टोलीबाट कडा प्रतिस्पर्धा भए पनि निर्धारित समयको अन्त्यतिर मात्र स्लाभिया प्रागले गोल फर्काउन सक्यो। खेलको ९०औँ मिनेटमा स्लाभियाका भिक्टर नोवाकले एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, बाँकी समयमा थप गोल हुन नसक्दा आर्सनल २-१ को जित निकाल्न सफल भयो।

यो जितसँगै आर्सनलले जारी च्याम्पियन्स लिगको ४ खेलबाट १० अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिन सफल भएको छ। अर्कातर्फ, पराजित भएको स्लाभिया प्रागको ४ खेलबाट मात्र १ अंक रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान

पाकिस्तानमाथि २–१ को जितसँगै भारतलाई साफको १०औँ उपाधि

चितवन राइनोज एनपिएलको क्वालिफायरमा, काठमाण्डु गोर्खाज बाहिरियो

कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

‘किङ्ज कप’ राष्ट्रिय प्रतियोगिताको तयारी पूरा

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी एनपिएलको फाइनलमा