सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अमेरिकी चुनावले चीनसँगको सम्बन्धमा चुनौती

२०८३ कार्तिक १९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बेइजिङ, १९ कात्तिक (रासस/एएफपी) : अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको सफलताले चीनसँगको सम्बन्धमा नयाँ अवसर र चुनौती सिर्जना गर्ने विश्लेषकहरूले बताएका छन् । कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटहरूको नियन्त्रण कायम भए राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन नीतिमा अङ्कुश लाग्न सक्ने भए पनि द्विपक्षीय सम्बन्धमा तत्काल सुधार हुने सम्भावना कम रहेको उनीहरूको विश्लेषण छ ।

डेमोक्रेटहरूको नियन्त्रणले चीनमाथि लगाइएको अमेरिकी भन्सार शुल्क सीमित हुन सक्नेछ । यसले व्यापार वार्तामा शुल्कलाई दबाबको अस्त्र बनाउने ट्रम्पको क्षमता कमजोर पार्न सक्ने फुदान विश्वविद्यालयका प्राध्यापक वु सिन्बोले बताउनुभएको छ । यद्यपि, अमेरिकी श्रमिक र साना व्यवसायमाझ शुल्क लोकप्रिय रहेकाले त्यसलाई हटाउन डेमोक्रेटहरूलाई पनि कठिन हुने विश्लेषकहरूको भनाइ छ ।

ताइवानको विषयले भने दुई देशबीचको तनाव बढाउन सक्ने देखिएको छ । ट्रम्प प्रशासनले चीनसँगको वार्तामा मोलमोलाइका लागि ताइवानलाई १४ अर्ब डलर बराबरका हतियार बिक्री प्रक्रिया रोकेको छ । डेमोक्रेटहरूको दबाबमा उक्त बिक्री पुनः सुरु भए चीनसँगको सम्बन्ध थप तनावपूर्ण हुन सक्ने विश्लेषकहरूको आकलन छ ।

निर्वाचनपछि ट्रम्प राजनीतिक रूपमा कमजोर बने पनि चीनले उहाँसँगको उच्चस्तरीय संवाद जारी राख्ने सम्भावना रहेको ब्रुकिङ्स इन्स्टिच्युसनकी प्याट्रिसिया किमले बताउनुभएको छ । चीनले ट्रम्पको कमजोर अवस्थालाई दबाब बढाउन उपयोग गर्न सक्ने भए पनि उहाँलाई गैरजिम्मेवार कदम चाल्न बाध्य पार्ने गरी अघि नबढ्ने एसओएएस चाइना इन्स्टिच्युटका निर्देशक स्टिभ साङको भनाइ छ ।

विश्लेषकहरूका अनुसार निर्वाचनले अमेरिका–चीन शक्ति सन्तुलनमा परिवर्तन ल्याए पनि दुई देशबीचको प्रतिस्पर्धा र अविश्वास तत्काल अन्त्य हुने सम्भावना छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची

यमन र आसपासका क्षेत्रमा बढ्दो सैन्य तनावप्रति राष्ट्रसंघको गहिरो चिन्ता

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास