सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

२०८३ मंग्सिर ६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ओटावा, ६ मङ्सिर (रासस/सिन्ह्वा)ः क्यानडा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को इनोभेसन कोष (एनआईएफ) मा औपचारिक रूपमा आबद्ध भएको छ । यससँगै क्यानडा उक्त कोषमा सहभागी हुने २५औँ नेटो सदस्य राष्ट्र तथा उत्तर अमेरिकाबाट आबद्ध हुने पहिलो देश बनेको छ ।
क्यानडाका रक्षामन्त्री डेभिड म्याकगिन्टीले शनिबार कोषमा आबद्धतासम्बन्धी वार्ता सम्पन्न भएको र क्यानडा औपचारिक रूपमा सदस्य बनेको घोषणा गर्नुभएको हो ।

क्यानडाको राष्ट्रिय रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार कोषमा आबद्धतासँगै क्यानडाले १० करोड क्यानडेली डलरभन्दा बढी (करिब सात करोड अमेरिकी डलर) योगदान गर्नेछ । उक्त रकमबाट कोषले क्यानडाका स्टार्टअप कम्पनी तथा विभिन्न लगानी कोषमा लगानी गर्न सक्नेछ ।
मन्त्रालयका अनुसार क्यानडाको सहभागिताले त्यहाँका रक्षा प्रविधि क्षेत्रमा काम गर्ने नवप्रवर्तकहरूलाई एक अर्ब युरोभन्दा बढी (करिब एक अर्ब १० करोड अमेरिकी डलर) लगानीयोग्य पुँजीमा पहुँच उपलब्ध गराउनेछ ।

यसले क्यानडाका रक्षा प्रविधि विकासकर्ता तथा उद्यमीहरूलाई लगानीका नयाँ अवसर प्रदान गर्नुका साथै युरोपेली नेटो सदस्य राष्ट्रहरूसँग रक्षा क्षेत्रमा लगानी सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।क्यानडाको सहभागिताले नेटोअन्तर्गत रक्षा प्रविधि, नवप्रवर्तन र रणनीतिक लगानीमा अन्तर्राष्ट्रिय सहकार्य थप मजबुत हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची

यमन र आसपासका क्षेत्रमा बढ्दो सैन्य तनावप्रति राष्ट्रसंघको गहिरो चिन्ता

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा