सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पुराना दलको भ्रष्टाचार र नयाँ दलको विध्वंसबाट देशले निकास पाउँदैन : सुवाल

२०८३ कार्तिक २४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गरेर देशलाई आर्थिक तथा राजनीतिक संकटमा पुर्‍याउने र आन्दोलनका नाममा देशका सार्वजनिक तथा निजी सम्पत्ति नष्ट गर्ने दुवै प्रवृत्ति देश र जनताका लागि हानिकारक भएको बताएका छन्।

नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा सोमबार भक्तपुरमा आयोजित सांस्कृतिक भिन्तुना र्‍यालीपछि आयोजित कार्यक्रममा बोल्दै सुवालले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले पुराना राजनीतिक दलहरूले भ्रष्टाचार गरेर देशलाई कमजोर बनाएको आरोप लगाउँदै आफूलाई नयाँ शक्ति दाबी गर्ने दलहरू पनि आन्दोलनका नाममा देशमा तोडफोड र आगजनी गर्ने गतिविधिमा संलग्न भएको आरोप लगाए।

गत वर्ष भदौ २३ र २४ गते भएका घटनालाई संकेत गर्दै सुवालले पुराना दलहरूको भ्रष्टाचार र नयाँ भनिएका दलहरूको आन्दोलनका नाममा भएको विध्वंस दुवैबाट देशले निकास पाउन नसक्ने टिप्पणी गरे।

उनले देशमा भ्रष्टाचार नियन्त्रण गर्न सरकारको नेतृत्व तहबाटै सुधारको सुरुवात हुनुपर्नेमा जोड दिए। प्रधानमन्त्री इमानदार भए मन्त्रीहरूलाई भ्रष्टाचार गर्न कठिन हुने र मन्त्रीहरू इमानदार भए प्रशासनिक तहमा पनि भ्रष्टाचार नियन्त्रण गर्न सहज हुने उनको भनाइ थियो।

‘प्रधानमन्त्रीले भ्रष्टाचार गर्नुभएन भने मन्त्रीहरूले गर्न सक्दैनन्, मन्त्रीहरूले गर्न नसकेपछि हाकिमहरूले गर्न सक्दैनन्,’ सुवालले भने।

उनले राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रमा इमानदारी कायम गर्न सके मात्रै भ्रष्टाचार नियन्त्रणको अभियान प्रभावकारी बन्ने धारणा राखे।

नेपाल संवत् नयाँ वर्षको अवसरमा आयोजित सांस्कृतिक र्‍यालीमा सहभागी हुँदै सुवालले देशको राजनीतिक अवस्था, भ्रष्टाचार नियन्त्रण र राष्ट्रिय सम्पत्तिको संरक्षणका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै ज्ञानेन्द्र शाहीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

रास्वपा प्रतिनिधिमण्डलद्वारा सहकार्यको प्रस्ताव

एमालेको राष्ट्रिय भेलाः जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै

एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु