सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

आज बुधबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक

२०८३ कार्तिक २५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार ठूलो गोलभेडाको अधिकतम मूल्य प्रतिकेजी ७० रुपैयाँ छ । यस्तै सानो गोलभेडा (लोकल) ३० रुपैयाँ, रातो आलु ६० रुपैयाँ र सेतो आलु ३२ रुपैयाँ रहेको छ । सुकेको प्याजको मूल्य प्रतिकेजी ९२ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, लोकल गाजर प्रतिकेजी ९० रुपैयाँ, तराईको गाजर ६० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ र तराईको काउली ३० रुपैयाँ रहेको छ । रातो मूला र सेतो मूला प्रतिकेजी ३० रुपैयाँ छ ।

भन्टा लाम्चो प्रतिकेजी ३५ रुपैयाँ, डल्लो भन्टा ६० रुपैयाँ, बोडी ९० रुपैयाँ, मटरकोशा १३० रुपैयाँ, घिउ सिमी ६० रुपैयाँ र टाटे सिमी ७० रुपैयाँ रहेको छ । तितो करेला प्रतिकेजी ८० रुपैयाँ, लौका ५० रुपैयाँ, परवर ८० रुपैयाँ, चिचिण्डो र घिरौला ४० रुपैयाँ तथा भिण्डी ८० रुपैयाँ रहेको छ ।

हरियो सागसब्जीतर्फ रायो साग प्रतिकेजी ४० रुपैयाँ, पालुङ्गो साग १२० रुपैयाँ, चमसुरको साग १५० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ र मेथीको साग १५० रुपैयाँ रहेको छ । हरियो प्याजको मूल्य प्रतिकेजी २५० रुपैयाँ छ ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकेजी ३५० रुपैयाँ, जुम्लाको स्याउ ३०० रुपैयाँ र मुस्ताङको स्याउ २५० रुपैयाँ रहेको छ । नेपाली तथा मालभोग केरा प्रतिदर्जन १५० रुपैयाँ, अनार प्रतिकेजी ३५० रुपैयाँ, नेपाली सुन्तला ८० रुपैयाँ र भारतीय सुन्तला १२० रुपैयाँ रहेको छ ।

त्यस्तै, मौसम र जुनार प्रतिकेजी २०० रुपैयाँ, कागती २५० रुपैयाँ, नासपाती ३०० रुपैयाँ, नेपाली मेवा ६० रुपैयाँ, भारतीय मेवा १०० रुपैयाँ र अम्बा २०० रुपैयाँ रहेको छ । किवी र एभोकाडो प्रतिकेजी ३०० रुपैयाँ तथा ड्रागन फ्रुट ५०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

मसलाजन्य उपजतर्फ सुकेको खुर्सानी प्रतिकेजी ५६० रुपैयाँ, हरियो अकबरे खुर्सानी २०० रुपैयाँ, हरियो धनियाँ १५० रुपैयाँ र अदुवा १०० रुपैयाँ रहेको छ । सुकेको नेपाली तथा चाइनिज लसुनको मूल्य प्रतिकेजी २६० रुपैयाँ छ ।

च्याउतर्फ कन्य च्याउ प्रतिकेजी ३०० रुपैयाँ, डल्ले च्याउ ६०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ एक हजार रुपैयाँ रहेको छ । कुरीलो प्रतिकेजी ८०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

सुनचाँदीको मूल्य घट्यो,कारोबार कत्तिमा हुदैछ

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक

नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउनुपर्छ: मन्त्री पौडेल

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार?

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सुनचाँदीको मूल्य घट्यो,कतिमा हुदैछ कारोबार?