सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कांग्रेसको गुटबन्दी बढाउन सरकार सक्रिय रहेको महामन्त्री पौडेलको दाबी

२०८३ कार्तिक २७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप गरी गुटबन्दी बढाउन र पार्टी नेतृत्व कमजोर बनाउन खोजेको आरोप लगाएका छन्।

शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले सरकारले अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर पुरानै शैलीको राजनीतिक सिन्डिकेट खडा गर्न खोजेको दाबी गरे।

उनले कुन दलको सभापति कसलाई बनाउने, कसलाई बलियो बनाउने र कसको पार्टी कमजोर पार्ने भन्ने खेलमा सरकार लाग्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको बताए।

बलियो जनमतसहित सरकार गठन भएको अवस्थामा जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा अन्य दलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्नु गलत भएको उनको भनाइ थियो।

विगतमा केही राजनीतिक दलका नेताहरूले गठबन्धनको सिन्डिकेटमार्फत् शासन सञ्चालन गर्न खोजेको र कांग्रेसले त्यसलाई तोडेको प्रसंग उल्लेख गर्दै पौडेलले अहिले फेरि त्यस्तै प्रवृत्ति दोहोर्‍याउन खोजिएको आरोप लगाए।

रास्वपा नेतृत्वको सरकारलाई आफ्नै जनमतअनुसार काम गर्न आग्रह गर्दै उनले अरू दलको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सचेत गराए।

‘लोकतन्त्र भनेको विधिको शासन, जवाफदेहिता र फरक मतको सम्मान हो। जनताको विश्वास प्राप्त सरकारले अन्य दलमा गुटबन्दी र नियन्त्रणको राजनीति गर्नुभन्दा जनताको पक्षमा काम गर्नुपर्छ,’ पौडेलले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै ज्ञानेन्द्र शाहीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

रास्वपा प्रतिनिधिमण्डलद्वारा सहकार्यको प्रस्ताव

एमालेको राष्ट्रिय भेलाः जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै

एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु