सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

तमोर कोरिडोरले राँके बजारको व्यापार घटायो

२०८३ कार्तिक २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पाँचथर, २९ कात्तिकः तमोर कोरिडोर सडकबाट ताप्लेजुङ जाने यात्रुको सङ्ख्या बढेपछि मेची राजमार्गस्थित पाँचथर–इलाम सीमावर्ती राँके बजारको व्यापार घटेको छ ।

मेची राजमार्गमा यात्रा गर्ने यात्रु तथा पाथीभरा दर्शनका लागि जाने तीर्थयात्री राँके बजारका मुख्य ग्राहक हुन्। तर धरानबाट धनकुटाको भेडेटार हुँदै तमोर कोरिडोरबाट ताप्लेजुङ पुग्ने यात्रुको सङ्ख्या बढेपछि बजारमा ग्राहक घटेका हुन्।

स्थानीय व्यवसायी सुमन पौडेलका अनुसार पछिल्ला तीन वर्षदेखि राँके बजारमा ग्राहकको सङ्ख्या निरन्तर घटिरहेको छ । उहाँले विगतको तुलनामा व्यापार करिब ६० प्रतिशतले घटेको बताउनुभयो ।

अर्की व्यवसायी निशा श्रेष्ठले पनि कोरोना महामारीपछि व्यापारले पुरानै गति लिन नसकेको बताउनुभयो । राँके बजार व्यवस्थापन समितिका अध्यक्ष श्री विष्टले सडकको पहुँच विस्तारसँगै महँगी र यस वर्ष दसैँमा पाथीभरा दर्शनार्थीको सङ्ख्या घट्नुले पनि व्यापार प्रभावित भएको बताउनुभयो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिका तथा इलामका देउमाइ नगरपालिका र फाकफोकथुम गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि तथा स्थानीय सामग्री राँके बजारमा बिक्रीका लागि ल्याउने गरेका छन् । अकबरे खुर्सानी र यसको अचार, तरकारी, आलु, फलफूल, छुर्पी, घिउ, चिया तथा जडीबुटी यहाँका प्रमुख स्थानीय उत्पादन हुन् ।

राजमार्गमा आधारित व्यापार घटे पनि यहाँका स्थानीय उत्पादन तराई, काठमाडौँ र भारतका बजारसम्म पुग्ने गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष विष्टले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

सुनचाँदीको मूल्य घट्यो,कारोबार कत्तिमा हुदैछ

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक

नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउनुपर्छ: मन्त्री पौडेल

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार?

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सुनचाँदीको मूल्य घट्यो,कतिमा हुदैछ कारोबार?