सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

२०८३ मंग्सिर ३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हेग, ३ मङ्सिर (रासस/एपी)ः अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले म्यान्माले सन् २०१७ मा रोहिङ्ग्या अल्पसङ्ख्यकमाथि नरसंहार गरेको ठहर गर्दै विस्थापित नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण बनाउन आदेश दिएको छ ।

अदालतका अध्यक्ष युजी इवासावाले बिहीबार १५ न्यायाधीशमध्ये नौ जनाको समर्थनमा फैसला सुनाउँदै म्यान्माले नरसंहारसम्बन्धी महासन्धिको उल्लङ्घन गरेको बताउनुभयो ।

अदालतका अनुसार म्यान्माका सुरक्षा फौजले हजारौँ रोहिङ्ग्या नागरिकको हत्या, व्यापक यौन हिंसा र बालबालिकामाथि चरम हिंसा गरेका थिए । प्रमाणले करिब १० हजार रोहिङ्ग्याको हत्या भएको देखाएको अदालतले जनाएको छ ।

फैसलाले म्यान्मालाई नरसंहारमा संलग्न व्यक्तिमाथि अनुसन्धान र कारबाही गर्न तथा पीडितलाई क्षतिपूर्ति दिन आदेश दिएको छ ।सन् २०१९ मा गाम्बियाले म्यानमाविरुद्ध मुद्दा दायर गरेको थियो । हाल बङ्गलादेशमा करिब १२ लाख रोहिङ्ग्या शरणार्थी रहेका छन् । अदालतको फैसला अन्तिम र कानुनी रूपमा बाध्यकारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल

हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा