सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

निर्वाचन आयोगले थाल्यो तयारी

२०८३ मंग्सिर ५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय र प्रदेशसभा चुनावको तयारी सुरु गरेको छ । निर्वाचनको तयारीस्वरूप आयोगले शुक्रबार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेको हो । छलफलका क्रममा आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशको निर्वाचन आगामी मंसिरमा गर्ने तालिका प्रस्ताव गरेको छ । यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । प्रदेशको निर्वाचन २०७९ मंसिर ४ गते भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूको कार्यकाल आगामी २०८४ साल वैशाख ३० मा सकिँदै छ । प्रदेशसभा सदस्यहरूको कार्यकाल भने अझै एक वर्ष बाँकी छ । गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुन्छ ।

अघिल्लो निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिन अब करिब पाँच महिना बाँकी छ । यही पृष्ठभूमिमा निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरू छलफल गरेको हो । आयोगले आयोजना गरेको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल लगायतका नेताहरू सहभागी थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आयोगमा पुग्नुभएको थियो । तर, उहाँ पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा बस्न भनेर आफू बाहिरिनुभएको थियो । छलफलमा नेकपाका संयोजक दाहालले स्थानीयको वैशाखमा र प्रदेशको मंसिरमा चुनाव गर्ने निर्वाचन आयोगको प्रस्ताव उपयुक्त देखिएको बताउनुभएको छ । आयोगको प्रस्तावको विषयमा पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा बनाउने उहाँले प्रतिक्रिया दिनुभएको छ ।

नेताहरूले उठाए चुनावको निष्पक्षताको प्रश्न

स्थानीय तहको निर्वाचन तयारीबारे निर्वाचन आयोगले गरेको छलफलमा निष्पक्षताको प्रश्न उठेको छ । विभिन्न राजनीतिक दलका नेताहरूले नै विगतमा कतिपय प्रश्न उठेको स्मरण गर्दै फेरि पनि निष्पक्ष चुनाव हुने वा नहुने विषयमा प्रश्न उठाएका हुन् । आयोगले गरेको छलफलमा शीर्ष नेताहरूले नै निष्पक्षताको प्रश्न उठाएका छन् । नेकपाका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी हुनुपर्ने धारणा राख्नुभएको छ । संयोजक दाहालले विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापन लगायतका विषयमा विभिन्न प्रश्न तथा गुनासा उठ्ने गरेको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यस्ता समस्या दोहोरिन नदिन निर्वाचन आयोगको विशेष ध्यान जानुपर्ने बताउनुभयो । उहाँले विगतका निर्वाचनमा कतिपय उम्मेदवारले आफ्नो मत हराएको, आफूले अपेक्षा गरेभन्दा फरक मतपरिणाम आएको तथा उम्मेदवारका प्रतिनिधिलाई मतपेटिका ओसारपसारका क्रममा सहभागी हुन नदिएको जस्ता गुनासा गरेको स्मरण गराउनुभएको छ । आगामी निर्वाचनमा यस्ता प्रश्न उठ्ने अवस्था आउन नदिन निर्वाचन प्रक्रिया थप पारदर्शी र विश्वसनीय बनाउनुपर्नेमा उहाँको जोड छ ।

एकैपटक चुनाव गर्नेबारे उच्चस्तरीय संयन्त्रमा सहमति खोजिने

निर्वाचन आयोग र प्रमुख दलका शीर्ष नेताहरूबीच स्थानीय र प्रदेशको निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै गर्ने भन्नेबारेमा उच्चस्तरीय राजनीतिक संयन्त्रमार्फत सहमति जुटाउने सहमति भएको छ । शुक्रबार निर्वाचन आयोगमा राजनीतिक दलका नेता र आयोग पदाधिकारीबीच भएको छलफलमा उच्चस्तरीय संयन्त्रको बैठक बसेर सहमति जुटाउने र सोहीअनुसार आयोगलाई सुझाव दिनेबारे सहमति भएको जानकारी दिँदै सत्तारूढ दल रास्वपाका प्रवक्ता जगदीश खरेलले भन्नुभयो, स्थानीय र प्रदेशको निर्वाचन एकैपटक गर्न सकिन्छ सकिँदैन, सम्भव छ कि छैन ? भनेर छलफल भयो । ठोस निष्कर्ष निस्केको छैन । अबका दिनमा गर्नुपर्ने चुनावहरूका बारेमा राजनीति, कानुनी, आर्थिक र प्राविधिक पाटोबाट छलफल भयो । आयोग निर्वाचन गराउन तयार छ । दलहरूले त्यसमा सहमति गर्दिनुपर्‍यो भन्ने उसको भनाइ छ ।’ छलफलमा स्थानीय तह र प्रदेशको निर्वाचन सँगै गराउने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयका दुवै पक्षका फाइदा र बेफाइदाबारे छलफल भएको खरेलले जानकारी दिनुभएको छ ।हिमालय टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अब स्थानीय तहबाटै एकद्वार सेवा

सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमै पुग्यो गण्डकी सरकार

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै

दानबहादुरको मुद्दालाई अग्राधिकार

स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना

बैंकमा पैसा थुप्रियो, मुद्दती निक्षेप घट्यो