सदाबहार खबरको रफ्तार ....
मंग्सिर ७, २०८३ सोमबार
November 23, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

त्रिवि शिक्षाशास्त्र संकायमा भर्ना खुल्यो, मङ्सिर २९ सम्म आवेदन दिन सकिने

२०८३ मंग्सिर ६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । त्रिवि  शिक्षाशास्त्र संकायअन्तर्गत शैक्षिक सत्र २०८३/०८४ का लागि स्नातकोत्तर तहको प्रथम सेमेस्टरमा भर्ना आवेदन खुला गरिएको छ। शिक्षाशास्त्र डीनको कार्यालय तथा शिक्षाशास्त्र केन्द्रीय विभागले एम.एड. (M.Ed.), एम.एस.एस.एड. (MSSEd) र एम.एड. ओडीएल (M.Ed. ODL–Science Education) कार्यक्रमका लागि भर्ना तथा कक्षा सञ्चालनको कार्यतालिका सार्वजनिक गरेको हो।

सम्बन्धित विषयमा बी.एड. उत्तीर्ण गरेका वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी एकवर्षे बी.एड. तथा पीजीईडी (PGED) उत्तीर्ण गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन्। इच्छुक विद्यार्थीले शिक्षाशास्त्र संकायको आधिकारिक वेबसाइटमा रहेको ‘Online Form’ अन्तर्गत ‘Entrance Registration’ मार्फत अनलाइन आवेदन दिनुपर्नेछ।

सार्वजनिक कार्यतालिकाअनुसार नियमित शुल्कमा आवेदन दिने अन्तिम मिति २०८३ मङ्सिर २९ गते तोकिएको छ। दोब्बर दस्तुरसहित भने पुस १ गतेदेखि पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ।

प्रवेश परीक्षा २०८३ पुस १४ गते मंगलबार दिउँसो १ बजे सञ्चालन हुनेछ। प्रवेश परीक्षाको नतिजा पुस २१ गते प्रकाशन गरिनेछ भने विद्यार्थी भर्ना पुस २२ देखि ३० गतेसम्म हुनेछ। नयाँ शैक्षिक सत्रको कक्षा २०८३ माघ २ गतेदेखि सञ्चालन हुने तालिकामा उल्लेख छ।

डीनको कार्यालयले केही क्याम्पस, कलेज तथा विभागमा अनलाइन वा ब्लेन्डेड मोडबाट पठनपाठनको व्यवस्था भए पनि परीक्षा दिने व्यवस्था भने प्रत्यक्ष नै रहने स्पष्ट पारेको छ। अनलाइन माध्यमबाट अध्ययन गर्ने विद्यार्थीले समेत सम्बन्धित क्याम्पस, विभाग वा तोकिएको परीक्षा केन्द्रमा उपस्थित भएर परीक्षा दिनुपर्नेछ।

May be an image of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय

राजनीतिक भागबन्डा तोड्दै मध्यपश्चिम विश्वविद्यालयमा ९ पदमा खुला प्रतिस्पर्धा

प्याब्सन काठमाडौंका सदस्य विद्यालयमा कक्षा १० को परीक्षा मङ्सिर २४ देखि

विद्यालयलाई बस खरिद गर्न समुदाय जुट्दै

सांग्रिला बैंकले चेपाङ विद्यालयका विद्यार्थीलाई बाँड्यो ट्र्याकसुट र शैक्षिक सामग्री

नेपाल खुला विश्वविद्यालयमा एमबिए र एमएसडिएमजि अध्ययनका लागि भर्ना खुल्यो

कक्षा ५ सम्म लिखित परीक्षा नगर्न तुलसीपुरका विद्यालयलाई उपमहानगरको निर्देशन

उपल्लो मुस्ताङका ३६५ विद्यार्थी जाडो छल्न बेसी झारिए

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा