सदाबहार खबरको रफ्तार ....
मंग्सिर ७, २०८३ सोमबार
November 23, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्याब्सन काठमाडौंका सदस्य विद्यालयमा कक्षा १० को परीक्षा मङ्सिर २४ देखि

२०८३ मंग्सिर ७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौं जिल्ला कार्यसमितिले कक्षा १० को प्रि–क्वालिफाइङ परीक्षा मङ्सिर २४ गतेदेखि सञ्चालन गर्ने भएको छ।

प्याब्सन काठमाडौंले शैक्षिक सत्र २०८३ को वार्षिक शैक्षिक क्यालेन्डरअनुसार परीक्षाको तालिका सार्वजनिक गर्दै सदस्य विद्यालयहरूलाई निर्धारित मितिमा परीक्षा सञ्चालन गर्न अनुरोध गरेको छ।

सार्वजनिक तालिकाअनुसार मङ्सिर २४ गते अङ्ग्रेजी, २५ गते नेपाली, २७ गते अनिवार्य गणित, २८ गते विज्ञान र २९ गते सामाजिक अध्ययनको परीक्षा हुनेछ। त्यसैगरी, पुस १ गते ऐच्छिक प्रथम र पुस २ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ।

सबै विषयको परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षामा सहभागी हुन चाहने विद्यालयले विद्यार्थीको कुल संख्या तथा ऐच्छिक प्रथम र द्वितीय विषयसमेत स्पष्ट पारी प्याब्सन जिल्ला कार्यालयमा जानकारी गराउनुपर्नेछ।

सूचनाअनुसार नगरपालिकाका विद्यालयका लागि प्रवेशपत्र मङ्सिर ६ गते बिहान १० बजेदेखि वितरण गरिनेछ। नगरपालिकाका विद्यालयका प्रश्नपत्र तथा उत्तरपुस्तिका मङ्सिर २२ गते दिउँसो १२ बजेदेखि र महानगरपालिकाका विद्यालयका लागि मङ्सिर २३ गते दिउँसो १२ बजेदेखि वितरण गरिनेछ।

प्रयोगात्मक परीक्षा सम्बन्धित विद्यालय आफैँले सञ्चालन गर्नुपर्नेछ। परीक्षामा सहभागी हुने विद्यालयले निर्धारित शुल्क प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिको एभरेस्ट बैंक, बालाजु शाखामा रहेको खातामा जम्मा गर्नुपर्नेछ।

प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्ट तथा वरिष्ठ उपाध्यक्ष एवं परीक्षा संयोजक सन्तोष धापाले जारी गरेको सूचनामार्फत सबै सदस्य विद्यालयलाई परीक्षाको तयारी र सञ्चालनमा आवश्यक समन्वय गर्न आग्रह गरिएको छ।

FB_IMG_1795224554599.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रिवि शिक्षाशास्त्र संकायमा भर्ना खुल्यो, मङ्सिर २९ सम्म आवेदन दिन सकिने

विद्यालयलाई बस खरिद गर्न समुदाय जुट्दै

सांग्रिला बैंकले चेपाङ विद्यालयका विद्यार्थीलाई बाँड्यो ट्र्याकसुट र शैक्षिक सामग्री

नेपाल खुला विश्वविद्यालयमा एमबिए र एमएसडिएमजि अध्ययनका लागि भर्ना खुल्यो

कक्षा ५ सम्म लिखित परीक्षा नगर्न तुलसीपुरका विद्यालयलाई उपमहानगरको निर्देशन

उपल्लो मुस्ताङका ३६५ विद्यार्थी जाडो छल्न बेसी झारिए

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख