काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ। आइतबार ओरालो लागेको सुनको भाउ सोमबार प्रतितोला ४ हजार ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार प्रतितोला २ हजार ८०० रुपैयाँले घटेर सुन २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेको छ। मूल्यवृद्धिसँगै चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ४५ रुपैयाँले नै घटेर ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।
