सदाबहार खबरको रफ्तार ....
मंग्सिर ९, २०८३ बुधबार
November 25, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपाली-भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सालझण्डीमा सुरु

२०८३ मंग्सिर ९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण बुधबारदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ।

May be an image of dais and textअभ्यासको शुभारम्भ श्री मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले गरेका हुन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दुवै देशका गणस्तरका सैनिक सहभागी हुने उक्त अभ्यास मङ्सिर २३ गतेसम्म सञ्चालन हुनेछ।

No photo description available.अभ्यासका क्रममा मुख्यतः विपद् व्यवस्थापन, जङ्गल युद्धकला तथा मानवीय सहायतासम्बन्धी विषयमा केन्द्रित रहेर तालिम सञ्चालन गरिनेछ। यस क्रममा दुवै देशका सैनिकले सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नेछन्।

May be an image of textविशेषगरी प्राकृतिक विपद्का समयमा खोज तथा उद्धार, राहत व्यवस्थापन र मानवीय सहयोगका कार्यलाई प्रभावकारी बनाउन आवश्यक पर्ने सैनिक क्षमता अभिवृद्धिमा अभ्यासले जोड दिनेछ। साथै, जङ्गल तथा प्रतिकूल भौगोलिक परिस्थितिमा गरिने सैनिक कारबाही र संयुक्त रूपमा कार्यसम्पादन गर्ने क्षमतासमेत विकास गरिनेछ।

वि.सं. २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा सञ्चालन हुँदै आएको ‘अभ्यास–सूर्यकिरण’को १९औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो। दुई देशका सेनाबीच नियमित रूपमा हुँदै आएको यस अभ्यासलाई आपसी सहकार्य, अनुभव आदानप्रदान र व्यावसायिक दक्षता अभिवृद्धिको महत्वपूर्ण माध्यमका रूपमा लिइँदै आएको छ।

May be an image of grassनेपाली सेनाले यस किसिमको संयुक्त सैनिक अभ्यासबाट नेपाल र भारतबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुनुका साथै दुवै देशका सेनाको पेसागत ज्ञान, कार्यक्षमता र आपसी समझदारी अभिवृद्धि हुने विश्वास लिएको छ।

२०औँ संस्करणको अभ्यासले दुई देशका सैनिकबीचको समन्वय र सहकार्यलाई थप मजबुत बनाउनुका साथै विपद् व्यवस्थापन तथा मानवीय सहायताका क्षेत्रमा संयुक्त रूपमा काम गर्ने क्षमता विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अर्थ समिति बैठक :अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयकमाथिको दफावार छलफल सर्वसम्मतिले पारित

अनुपजंग थापालाई रथीको दर्ज्यानी, अन्य पाँच अधिकृत को-को भए बढुवा ?

एआई जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ढाँचा बनाउन गुटेरेसको आह्वान

उग्रतारामा आज भव्य मेला लाग्दै

‘जय नेपाल’ नभनेको भन्दै गालीगलौज गरेको आरोपमा प्रहरी हवल्दार निलम्बित

सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली नेपालमा

चलचित्र विधेयकमाथि सैद्धान्तिक छलफल

प्रहरीद्वारा अपराधका घटनामा संलग्नको ‘प्रोफाइल’ तयार

जेब्रा क्रसिङमा सवारी नरोक्ने र सार्वजनिक यातायातमा दुर्व्यवहार हुने गरेको गुनासो

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी