सदाबहार खबरको रफ्तार ....
मंग्सिर ९, २०८३ बुधबार
November 25, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सुडानमा ड्रोन आक्रमण बालबालिकासहित १४ जनाको मृत्यु

२०८३ मंग्सिर ९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अल–दामाजिन, ९ मङ्सिर (रासस/एएफपी) ः सुडानको दक्षिणपूर्वी सहर अल–दामाजिनमा अर्धसैनिक समूह ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटनामा अन्य १५ जना घाइते भएका छन् ।

अस्पतालका एक स्वास्थ्य स्रोतका अनुसार मंगलबार साँझ तीनवटा आवासीय घरमा ड्रोन प्रहार गरिएको थियो । यद्यपि, युद्धसम्बन्धी हिंसाका घटना अभिलेख राख्ने संस्था ‘इमर्जेन्सी लयर्स’ले मृतकको सङ्ख्या १९ पुगेको जनाएको छ ।

सन् २०२३ अप्रिलदेखि सुडानी सेना र आरएसएफबीच जारी युद्धमा दशौँ हजारको मृत्यु भइसकेको छ भने लाखौँ मानिस विस्थापित भएका छन् ।

पछिल्लो समय इथियोपिया सीमावर्ती ब्लु नाइल राज्यमा हिंसा बढेको छ । आरएसएफले राज्यको राजधानी अल–दामाजिन कब्जा गर्ने प्रयास गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार आसपासका गाउँबाट एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

मंगलबार रोजेरेस सहरमा पनि बाँध, विद्युत् उत्पादन केन्द्र र पूर्वाधारलाई लक्षित गरी आक्रमण भएको जनाइएको छ ।

यसैबीच, सुडानले आरएसएफलाई आफ्नो भूमिबाट आक्रमण गर्न दिएको आरोप इथियोपियामाथि लगाएको छ । इथियोपियाले भने आरोप अस्वीकार गरेको छ । संयुक्त राष्ट्रसङ्घले सुडानको युद्धलाई विश्वकै गम्भीर मानवीय सङ्कटमध्ये एक भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण

शिविरमाथि प्रतिबन्धपछि स्विट्जरल्यान्डसँग उत्तर कोरिया असन्तुष्ट

आफन्तबाटै हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या

हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

दक्षिण कोरियाद्वारा रूसी विमान हटाउन लडाकू जेट परिचालन