सदाबहार खबरको रफ्तार ....
मंग्सिर ९, २०८३ बुधबार
November 25, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

दानबहादुर कार्कीको रिटमा सुनुवाइ हुँदै, कस्तो आउला आदेश ?

२०८३ मंग्सिर ९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ९ मंसिर । आईजीपी पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

कार्कीले दायर गरेको रिट न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ।

गत कात्तिक १८ गते मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर महानिरीक्षकसरह सेवा(सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउँदै एआईजी मनोजकुमार केसीलाई आईजीपीमा बढुवा गरेको थियो। सो निर्णयविरुद्ध कार्कीले कात्तिक १९ मा पेस गरेको रिट २० गते दर्ता भएको थियो।

तिहार बिदापछि मङ्सिर २ गते न्यायाधीश पौडेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश नदिई दुवै पक्षलाई मंसिर ७  गते छलफलका लागि बोलाएको थियो।

मंसिर ४ गते आईजीपी केसीका नाममा जारी म्याद प्रहरी प्रधान कार्यालयले बुझ्न नमानेपछि सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा प्रधान कार्यालयका अधिवक्ताले ‘प्राविधिक कारण’ देखाउँदै पुन: म्याद बुझ्ने प्रतिबद्धता जनाएका थिए। सोहीअनुसार इजलासले अधिवक्तामार्फत म्याद बुझाई विषयवस्तुको संवेदनशीलता हेरेर प्राथमिकताका साथ पालो आउने गरी बुधबारका लागि पेसी तोक्न आदेश दिएको हो।

रिटमा कार्कीले आफूलाई हटाउने कात्तिक १८ को निर्णय कार्यान्वयन नगर्न तथा केसीलाई आईजीपी नियुक्त गर्नेलगायत सम्पूर्ण निर्णय उत्प्रेषणको आदेशले बदर गरी कार्यकालभरि पदमा काम गर्न दिन परमादेश र अन्तरिम आदेश माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट

कार्कीको मागमा सर्वोच्चको फैसलाः हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन

प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियोको काम अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाको पहल, स्थानीय भावना र वातावरणीय पक्षलाई सम्बोधन गर्दै निर्माण प्रक्रिया अघि बढाइने

उद्योगीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः उद्योगमन्त्री साह

हिमतालको जोखिमबाट जोगाउन ५० मिलियन डलरको परियोजना

लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यकः मन्त्री बादी

काठमाडौँ–धुलिखेलमैत्री पार्क निर्माण सम्झौता

अभिभावकविहीन बालबालिकाको हेरचाहमा पारिवारिक प्रणालीलाई प्राथमिकता दिनुपर्ने

लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन मन्त्री बादीको आह्वान

लैङ्गिक हिंसा अन्त्यका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक छ: मुख्यमन्त्री आचार्य

‘अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो’

आज महिला हिंसा उन्मूलन दिवसः प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या