सदाबहार खबरको रफ्तार ....
मंग्सिर ९, २०८३ बुधबार
November 25, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यकः मन्त्री बादी

२०८३ मंग्सिर ९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ललितपुर, ९ मङ्सिरः महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यक रहेको बताउनुभएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्नुहुँदै मन्त्री बादीले लैङ्गिक हिंसा अन्त्यका लागि पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न न्याय प्रणालीलाई सहज, छिटो, छरितो र कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभयो ।

“हिंसापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक तथा सामाजिक अवरोध हटाउनु आवश्यक छ, नेपाल जनसाङ्खिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले शारीरिक हिंसा र आठ प्रतिशतले यौन हिंसा भोगेको तथ्याङ्क छ । हिंसा प्रभावितमध्ये ५८ प्रतिशतले कसैसँग सहयोग नमागेको र न्यायका लागि पहल नगरेको तथ्य सार्वजनिक भएको छ, सामाजिक लाञ्छना, प्रतिशोधको डर, कानुनी सहायता अभाव र आर्थिक परनिर्भरता जस्ता पक्ष न्याय प्राप्तिमा बाधक बनेका छन्, त्यसतर्फ ध्यान जान आवश्यक छ ।”, मन्त्री बादीले भन्नुभयो ।

उहाँले लैङ्गिक हिंसाले प्रभावितको शिक्षा, रोजगारी, उत्पादकत्व र आयआर्जनमा प्रत्यक्ष असर पार्नुका साथै स्वास्थ्य उपचार, कानुनी प्रक्रिया र मनोसामाजिक परामर्शमा आर्थिक भार थप्ने बताउनुभयो । सरकारले लैङ्गिक हिंसाविरुद्ध राष्ट्रिय कार्ययोजना तयार गरी पीडितको उद्धार, संरक्षण, पुनःस्थापना, निःशुल्क कानुनी सहायता, सुरक्षित आवास गृह तथा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमार्फत सेवा विस्तार गरिरहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री बादीले लैङ्गिक उत्तरदायी बजेटको प्रभावकारी कार्यान्वयन, तीनै तहका सरकारबीच समन्वय र निजी क्षेत्रसहित सबै सरोकारवालाको सहकार्यबाट हिंसामुक्त तथा आर्थिक रूपमा सबल समाज निर्माण हुने यथार्थलाई आत्मसात् गरी अघि बढ्न अनुरोध गर्नुभयो ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले लैङ्गिक हिंसा न्यूनीकरण तथा अन्त्यका लागि सम्बद्ध सबै पक्षबीच सहकार्य गरी सहज पहुँचसहित न्याय सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले हिंसा प्रभावित महिलालाई निःशुल्क कानुनी सहायता, सुरक्षित आवास, मनोसामाजिक परामर्श, पुनःस्थापना र आर्थिक सशक्तीकरणका अवसर उपलब्ध गराउँदै लैङ्गिक उत्तरदायी बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट

कार्कीको मागमा सर्वोच्चको फैसलाः हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन

प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियोको काम अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाको पहल, स्थानीय भावना र वातावरणीय पक्षलाई सम्बोधन गर्दै निर्माण प्रक्रिया अघि बढाइने

उद्योगीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः उद्योगमन्त्री साह

हिमतालको जोखिमबाट जोगाउन ५० मिलियन डलरको परियोजना

काठमाडौँ–धुलिखेलमैत्री पार्क निर्माण सम्झौता

अभिभावकविहीन बालबालिकाको हेरचाहमा पारिवारिक प्रणालीलाई प्राथमिकता दिनुपर्ने

दानबहादुर कार्कीको रिटमा सुनुवाइ हुँदै, कस्तो आउला आदेश ?

लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन मन्त्री बादीको आह्वान

लैङ्गिक हिंसा अन्त्यका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक छ: मुख्यमन्त्री आचार्य

‘अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो’

आज महिला हिंसा उन्मूलन दिवसः प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या