सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०८३ बिहिबार
November 26, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रहरी चौकी भवन हस्तान्तरण

२०८३ मंग्सिर १०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नेपालगञ्ज (बाँके), १० मङ्सिरः बाँकेको राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरमा निर्माण गरिएको पाँच कोठे पक्की भवन प्रहरी चौकी फत्तेपुर (क) लाई हस्तान्तरण गरिएको छ । ्

प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएको भवन गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले प्रहरीलाई हस्तान्तरण गर्नुभएको हो ।

प्रदेश सरकार र राप्ती सोनारी गाउँपालिकाको समान रु २०÷२० लाखको लगानीमा भवन निर्माण गरिएको हो । भवन हस्तान्तरणसँगै प्रहरी चौकीको कार्यालय सञ्चालन तथा दैनिक कार्यसम्पादनमा सहजता हुने छ ।

भवन हस्तान्तरण समारोहमा गाउँपालिका अध्यक्ष पौडेलले शान्तिसुरक्षा, अमनचयन तथा सामाजिक सद्भाव कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । नागरिकको सुरक्षामा अहोरात्र खटिने प्रहरीलाई आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको उहाँको भनाइ छ ।

प्रहरीलाई सुरक्षित र व्यवस्थित वातावरणमा रहेर सेवा प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले प्रदेश सरकारसँगको साझेदारीमा भवन निर्माण गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले प्रहरी र स्थानीय सरकारबीचको सहकार्यले शान्ति सुरक्षा कायम गर्न तथा नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख सुरेश कोइरालाले प्रहरी चौकीका लागि आवश्यक भवन निर्माण गरी हस्तान्तरण गरेकोमा प्रदेश सरकार र गाउँपालिकाप्रति धन्यवाद व्यक्त गर्नुभयो । व्यवस्थित भौतिक संरचनाले प्रहरीको कार्यसम्पादन सहज बनाउनाका साथै नागरिकलाई उपलब्ध गराइने सेवा थप प्रभावकारी हुने उहाँले बताउनुभयो ।

राप्ती सोनारी गाउँपालिका–७ का वडाअध्यक्ष रामलखन थारूले प्रहरी चौकीको भवन निर्माण हुनु वडाको सुरक्षा व्यवस्थापनका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । प्रहरी चौकीका लागि आवश्यक अन्य भौतिक पूर्वाधार निर्माणमा आफ्नो कार्यकालभित्र पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

प्रहरी चौकी फत्तेपुर (क) का इन्चार्ज प्रहरी सहायक निरीक्षक भूपतेन्द्र खड्काले नयाँ भवनबाट जनतालाई सहज रूपमा सेवा प्रदान गर्न सकिने बताउनुभयो । भवनले प्रहरी कर्मचारीलाई कार्यालय सञ्चालन तथा दैनिक कामकाजमा सहजता प्रदान गर्ने उहाँको भनाइ छ ।

स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न प्रहरी चौकीको भौतिक तथा संस्थागत क्षमता विकास आवश्यक रहेको स्थानीयले बताएका छन् । नयाँ भवन निर्माण तथा हस्तान्तरणले प्रहरी सेवा प्रवाह र सुरक्षा व्यवस्थापनमा सहयोग पुग्ने उनीहरूको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सवारी दुर्घटनामा एकको मृत्यु, १३ जना घाइते

बाह्र हजार क्विन्टल धान खरिद गरिँदै

हिउँ चितुवा र नाउरको संरक्षण गर्न चरन क्षेत्रको अध्ययन

चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण

आज मौसम मुख्यतया सफा रहने

रिडी क्षेत्रमा अघि सारिएको ‘रुरु महास्नान’ को अवधारणा

हुरीबतासले प्रसारण लाइनमा क्षति पुर्याउँदा मुस्ताङमा विद्युत् अवरुद्ध

चिया बिक्री नभएपछि झाडीमा परिणत हुँदै

राजमार्ग अतिक्रमित संरचना हटाउन सुरु

व्यावसायिक खेतीबाट आत्मनिर्भर बन्दै कञ्चनपुरका किसान

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य