सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०८३ बिहिबार
November 26, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बाढी प्रभावितको स्वास्थ्य र पोषण सुधारमा अमेरिकाको सहयोग निरन्तर

२०८३ मंग्सिर १०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १० मङ्सिरः संयुक्त राज्य अमेरिकाले बाढी प्रभावित समुदायलाई जीवनरक्षक सहायता उपलब्ध गराउनुका साथै नेपालको स्वास्थ्य सुरक्षा सुदृढ र पोषण सुधारका लागि सहयोग जारी राखेको जनाएको छ ।

यहाँस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले आज युनिसेफका एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सञ्जय विजेस्कर र नेपालका लागि युनिसेफकी प्रतिनिधि एलिस अकुङ्गासँग भेट गरी यसबारे छलफल गर्नुभएको दूतावासले जनाएको छ ।

भेटमा गत भदौमा भोटेकोशी नदीमा आएको बाढीपछिको पुनः स्थापना, मानवीय सहायता समन्वय तथा स्वास्थ्य र पोषण क्षेत्रमा सहयोग गर्ने विषयमा छलफल भएको थियो ।

अमेरिकाले नेपालको बाढी प्रतिकार्य तथा पुनः स्थापनाका लागि तीन करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसअन्तर्गत बालबालिका तथा जोखिममा रहेका समूहलाई प्राथमिकतामा राख्दै आपत्कालीन खानेपानी, सरसफाइ तथा स्वच्छता र बाल संरक्षण सेवाका लागि अमेरिकी विदेश मन्त्रालयको विपद् तथा मानवीय प्रतिकार्य कोषबाट युनिसेफलाई २५ लाख अमेरिकी डलर उपलब्ध गराइएको छ ।

अमेरिकाले बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्लामा खोप सेवा तथा खोप भण्डारण व्यवस्था पुनःस्थापना गर्न एक लाख ७६ हजार अमेरिकी डलर उपलब्ध गराएको छ ।
यसका अतिरिक्त, ‘अमेरिका फस्र्ट’ विश्वव्यापी स्वास्थ्य रणनीतिअन्तर्गत अमेरिकाले मातृ तथा बाल स्वास्थ्य र पोषणमा सुधार ल्याउन युनिसेफमार्फत एक करोड २० लाख अमेरिकी डलर लगानी गरिरहेको छ ।

अमेरिकी सहयोगबाट स्तनपान प्रवर्द्धन तथा शिशु आहारसम्बन्धी सहायता तथा स्वास्थ्य संस्थाको क्षमता सुदृढीकरणमा सहयोग पुग्नेछ । साथै, नेपालमा आवश्यक भिटामिन तथा खनिजयुक्त पूरक आहारको प्रयोग बढाउन पनि सहयोग गरिने उल्लेख छ ।

कार्यवाहक राजदूत बोल्डिनले बाढीपछिको तत्काल परिचालन गरी प्रभावित समुदायसम्म सहयोग पु¥याउन गरेको प्रयास तथा नेपालमा पोषण क्षेत्रमा लामो समयदेखि कायम साझेदारीका लागि युनिसेफलाई धन्यवाद दिनुभएको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्री र रास्वपा सभापतिबीच भेट

पहुँच विस्तारको योजनासहित प्रतिवेदन पेस गर्न लगानी कोषलाई निर्देशन

फोहोरबाट ऊर्जा परियोजना पुनःस्थापना, परीक्षण सञ्चालनपछि हस्तान्तरण

कर्णाली प्रदेश सरकारद्वारा अपाङ्गता नीति निर्माण

पुटिनको वार्षिक पत्रकार सम्मेलन डिसेम्बर १० मा

‘निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ’

विश्व दिगो यातायात दिवस आज, दिगो विकासमा यातायातको महत्त्वमा जोड

तीस हजार मेगावाट विद्युत् उत्पादन लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति बनाइँदै

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट

कार्कीको मागमा सर्वोच्चको फैसलाः हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन

प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियोको काम अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाको पहल, स्थानीय भावना र वातावरणीय पक्षलाई सम्बोधन गर्दै निर्माण प्रक्रिया अघि बढाइने