सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०८३ बिहिबार
November 26, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पुटिनको वार्षिक पत्रकार सम्मेलन डिसेम्बर १० मा

२०८३ मंग्सिर १०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मस्को, १० मङ्सिर (रासस\एएफपी):रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी डिसेम्बर १० मा वर्षको अन्त्यमा हुने वार्षिक पत्रकार सम्मेलन गर्ने हुनुभएको छ । क्रेमलिनले बिहीबार दिएको जानकारीअनुसार कडा रूपमा नियन्त्रित टेलिभिजन कार्यक्रममा उहाँले सर्वसाधारण र सञ्चारमाध्यमका प्रश्नको जवाफ दिनुहुनेछ ।

युक्रेनविरुद्ध रुसले युद्ध सुरु गरेको पाँचौँ वर्षगाँठ नजिकिँदै गर्दा पुटिनको यो सम्बोधन हुन लागेको हो । युद्ध अन्त्य गर्न मस्कोले पटकपटक युद्धविरामका प्रस्ताव अस्वीकार गर्दै आएको छ । यसैबीच युद्धमा ठूलो सङ्ख्यामा रुसी सैनिकको ज्यान गएको र त्यसको आर्थिक भार सर्वसाधारणले पनि बेहोर्नुपरेको विश्वास गरिएको छ । सरकारले युद्धप्रति असहमति जनाउनेहरूलाई भने दबाउँदै आएको छ ।

करिब एक चौथाइ शताब्दीदेखि सत्तामा रहनुभएका ७४ वर्षीय पुटिनले पत्रकार सम्मेलनमा धेरै घण्टासम्म बोल्ने गर्नुहुन्छ । रुसी नागरिकले देशभरबाट फोनमार्फत स्थानीय समस्या र जनजीवनसँग सम्बन्धित प्रश्न राख्छन् भने उहाँले अन्तर्राष्ट्रिय तथा भू–राजनीतिक विषयमा पनि धारणा सार्वजनिक गर्नुहुन्छ । कार्यक्रम मस्को समयअनुसार दिउँसो सुरु हुनेछ ।

सन् २००१ देखि नियमित रूपमा आयोजना हुँदै आएको यो कार्यक्रम सन् २०२२ मा भने रुसले युक्रेनमा सैन्य कठिनाइ सामना गरिरहेका बेला रोकिएको थियो ।

यस वर्षको पत्रकार सम्मेलन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनलाई आमन्त्रण गरेको जी–२० शिखर सम्मेलनअघि हुन लागेको छ । मियामीमा आयोजना हुने उक्त सम्मेलनमा पुटिन सहभागी हुनुहुने वा नहुनेबारे क्रेमलिनले स्पष्ट पारेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्री र रास्वपा सभापतिबीच भेट

पहुँच विस्तारको योजनासहित प्रतिवेदन पेस गर्न लगानी कोषलाई निर्देशन

फोहोरबाट ऊर्जा परियोजना पुनःस्थापना, परीक्षण सञ्चालनपछि हस्तान्तरण

कर्णाली प्रदेश सरकारद्वारा अपाङ्गता नीति निर्माण

आणविक क्षमता विस्तार गर्न किमको निर्देशन

बैङ्ककको तेल प्रशोधन केन्द्रमा विस्फोट

बाढी प्रभावितको स्वास्थ्य र पोषण सुधारमा अमेरिकाको सहयोग निरन्तर

इन्डोनेसियाको खानीमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो, १३ अझै बेपत्ता

नरसंहार फैसलाका ‘अनुचित’ पक्ष नमान्ने : म्यान्मा

ट्रम्प र रूटद्वारा रूसलाई युक्रेन युद्ध ‘नफैलाउन’ आग्रह

अस्ट्रेलियाको टापुमा डढेलो, घरहरू नष्ट

‘निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ’