सदाबहार खबरको रफ्तार ....
मंग्सिर १२, २०८३ शनिबार
November 28, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

विद्युतसँग सम्बन्धित दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्छौँ : मन्त्री श्रेष्ठ

२०८३ मंग्सिर १२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बागलुङ, १२ मङ्सिरः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युतजन्य दुर्घटना न्यूनीकरणका लागि सरकारले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ ।

बागलुङमा आज आयोजित सरोकारवालासँगको अन्तरक्रियामा उहाँले विद्युत् प्रयोग बढेसँगै दुर्घटनाको जोखिम पनि बढेकाले विद्यालयस्तरदेखि नै सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।

नाङ्गा तार विस्थापन, विद्युत् तार भूमिगत गर्ने तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले विद्युत् सुरक्षाका लागि आम नागरिक पनि सचेत हुनुपर्ने बताउनुभयो ।

बाढीपहिरोका कारण ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको र बागलुङमा विद्युत् आपूर्ति अनियमित भएको गुनासो आएको बताउँदै उहाँले जिल्लाको विद्युत् वितरण प्रणाली व्यवस्थित गर्न समन्वय भइरहेको जानकारी दिनुभयो ।

गत असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरो र नदी कटानले निसीखोला, गलकोटलगायत क्षेत्रमा पुर्‍याएको क्षतिको अवस्था बुझ्न बागलुङ पुग्नुभएका मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रको संरक्षण र पुनःनिर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

अन्तरक्रियामा स्थानीयवासीले विद्युत् अनियमितता, नाङ्गा तार व्यवस्थापन, सिँचाइ तथा खानेपानी आयोजनामा भएको ढिलाइ र उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा ध्यान दिन आग्रह गरेका थिए ।

बागलुङका छ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएकाले पुनःनिर्माणमा सरकारले प्राथमिकता दिने मन्त्री श्रेष्ठले बताउनुभयो। उहाँले सोमबार पश्चिम बागलुङका प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीर्घकालीन योजनाका आधारमा विकास र पुनःस्थापना गर्नुपर्छ : मन्त्री श्रेष्ठ

युवाको नेतृत्व र व्यक्तित्व विकासमा जेसिजको योगदान महत्त्वपूर्ण : प्रदेश प्रमुख भट्ट

वर्षौँदेखि अवरुद्ध योजना सञ्चालनमा ल्याउने मन्त्री रावलको प्रतिबद्धता

शक्तिखोर औद्योगिक क्षेत्रको काम अघि बढाउन निर्देशन

‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’

बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन

जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने

‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पौड्याल सम्मानित

व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन

सुरक्षण मुद्रण केन्द्रमा नियमित ‘लाइसेन्स’ छापिँदै

सर्वोच्चको अन्तरिम आदेश : खोटाङका जिसस प्रमुखलाई साविककै काम गर्न दिन निर्देशन