सदाबहार खबरको रफ्तार ....
मंग्सिर १२, २०८३ शनिबार
November 28, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता

२०८३ मंग्सिर १२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दमौली (तनहुँ), मङ्सिर १२ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गको भिरबाट खसेर एक विद्यार्थी बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा चितवनको भरतपुर महानगरपालिका–६ चोकबजार निवासी १५ वर्षीय अङ्कित गुरुङ रहेका छन् । उनी कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।

आज साँझ करिब ६ः१० बजे पोखराबाट चितवनतर्फ फर्किँदै गरेको ना ४ ख ५२८५ नम्बरको बसमा सवार गुरुङ सौच गर्न सडक छेउमा जाने क्रममा भिरबाट खसेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उनी करिब ५० देखि ६० मिटर तल खसेर बेपत्ता भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरी टोलीले तत्काल खोज तथा उद्धार कार्य सुरु गरेको छ । थप खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बर्दियामा स्थानीय तहमा भूमि प्रशासन सेवा विस्तारको तयारी

सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम

तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द

उपत्यकाका यी क्षेत्रमा बिहान १० देखि दिउँसो ३ बजेसम्म बिजुली बन्द हुने

सप्तरीमा एक हजार मतदाता थपिए

बागमतीका तीन जिल्लामा गाँजाखेतीविरुद्ध प्रहरी अभियान तीव्र

बाँकेमा अझै सुरु भएन धान खरिद प्रक्रिया

हेंवाखोलामा डाइभर्सन नबन्दा साना सवारीसाधन ठप्प, स्थानीयलाई दोब्बर दूरीको सास्ती

चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

काठमाडौँ उपत्यकामा २४ घण्टामा ८८४ सवारी चालक कारबाहीमा

आज देशभरको मौसम मुख्यतया सफा रहने